
तुलसीपुर, कार्तिक १३ ।
ड्राइभिङ स्कूल संघ नेपाल जिल्ला कार्यसमिति दाङको दोस्रो साधारण सभाले पुनः झग्गुप्रशाद बुढाथोकीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको छ ।
संघको शुक्रबार तुलसीपुरस्थित होटेल वष्टर्न पार्टी प्यालेसनमा भएको साधारण सभाले बुढाथोकीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको हो । यसअघि पनि संघको अध्यक्षमा बुढाथोकी नै थिए ।
संघको पदाधिकारी भने बुढाथोकी बाहेकका नयाँ अनुहारहरु चयन गरिएका छन् ।
संघको उपाध्यक्षमा द्रोणबहादुर केसी, सचिवमा सुदर्शन बस्याल, सहसचिवमा दीपक पाण्डे, कोषाध्यक्षमा बालाराम डाँगी र सहकोषाध्यक्षमा ललित खड्का चयन गरिएका छन् ।
त्यस्तै संघको ५ जना सदस्यहरुमा हेमराज कँवर, मोतिराम श्रेष्ठ, भिमबहादुर केसी, सिताराम रेग्मी र मनबहादुर पुन मगरलाई चयन गरिएको छ ।
प्रकाशित मिति : २०८३ कार्तिक १४ गते शुक्रवार
