
तुलसीपुर, कार्तिक १९ ।
राप्ती परोपकार संघ नेपालको आयोजनामा बिहीबार तुलसीपुरमा ट्राफिक सचेतना कार्यक्रम भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ को आर्थिक ब्यबस्थापनमा आयोजित कार्यक्रमको मुख्य उदेश्य चालक, सहचालक तथा बिद्यार्थीलाई ट्राफिक नियम बारे सचेतना दिने उदेश्यले आयोजना गरिएको थियो ।
राप्ती परोपकार संघ नेपालका अध्यक्ष संजयकुमार पराजुलीको अध्यक्षता र तुलसीपुर – ५ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमका बिशिष्ट अथिति संघका संस्थापक तथा सल्लाहकार सुरेश हमालले सवारी दुर्घटना न्यूनिकरणका लागि सबै सचेत हुनुपर्ने बताए । मादक पर्दाथ सेवन गरि सवारी चलाउनु, लागुऔषध सेवन गरि सवारी चलाउनु, तीब्र गतिमा सवारी चलाउनु, सडकको अवस्था, वातावरणको अवस्था जस्ता कारणहरुले दुर्घटना निम्तने हुँदा सबै सचेत हुनुपर्ने प्रमुख अतिथि हमालले बताए ।
हमालले दुर्घटनाको अंगभंग हुँदा जीवन अरुको साहारामा चल्न बाध्य हुनुपर्ने अवस्था आउन नदिन सममै सावधानि अपनाउन आग्रह गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै अर्का बिशिष्ट अतिथि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीले दुर्घटनाको पीडा सबै भन्दा बढी पीडित ब्यक्तिलाई हुने हुँदा कसैले पनि लापरबाही गर्न नहुने बताए ।
ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख सई शम्भु धिताल, बिद्यालय संचालकको तर्फबाट लुम्बिनी भिजनका संस्थापक मोहन सुनार, खेमराज सेञ्चुरी, स्वतन्त्र मजदुर संघ दाङका अध्यक्ष दीपक बुढाथोकी लगाएतले सबैले ट्राफिक नियमको पालना गरे मात्रै अकालमै ज्यान जोगन तथा संघ भइ भइ अपाङ्ग हुन बाट जोगिन संभव हुनेमा जोड दिएका ।
राप्ती परोपकार संघ नेपालका उपाध्यक्ष गोरखबहादुर वलीको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका सदस्य गणेश भण्डारीले गरेका थिए ।




