दाङ, कात्तिक २० ।
शुक्रबार सुन–चाँदीको भाउ घटेको छ ।
आज सुन तोलामा पाँच हजार नौ सय रूपैयाँ घटेको हो ।
आज सुन प्रतितोला दुई लाख ८३ हजार रूपैयाँमा किनबेच भइरहेको छ ।
सुन बिहीबार प्रतितोला १३ हजार तीन सय रूपैयाँ बढेको थियो ।
त्यो दिन सुन प्रतितोला दुई लाख ८८ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको मूल्य पनि घटेको छ ।
चाँदी तोलामा एक सय १० रूपैयाँ घटेको हो ।
आज चाँदी तीन हजार आठ सय १० रूपैयाँमा किनबेच भइरहेको छ ।
बिहीबार चाँदी प्रतितोला तीन हजार नौ सय २० रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २०८३ कार्तिक २१ गते शुक्रवार
