काठमाडौं,चैत २८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक राउण्ड गोलीसहित एक युवती पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा भानु नगरपालिका-७ की २७ वर्षीया सोविता नेपाली रहेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको अपराध अनुसन्धान शाखाले जनाएको छ ।
नेपाल एयरलाइन्सको जहाजबाट आइतबार मलेसिया हुँदै जापान जान लागेकी सोविताको साथबाट गोली बरामद भएको हो ।
विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एक्स–रे ‘ए’ मा चेकजाँचको क्रममा उनले बोकेको घ्यु रङको हाते ब्यागभित्र प्ँ ज्ञघ छ। छट लेखिएको एक राउण्ड गोली फेला परेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय अपराध अनुसन्धान शाखाले जानकारी दिएको छ ।
‘एक्सरे ए’मा जाँच गर्ने क्रममा उनको सानो पर्समा एक राउण्ड गोली फेला परेको हो । उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको अपराध विमानस्थल सुरक्षा कार्यालयका प्रहरी प्रमुख भीम ढकालले जानकारी दिए ।