२०८३ असार २५ गते बिहिवार

जेन्जी आन्दोलनका क्रममा चोरी भएको सरकारी गाडीसहित एक जना पक्राउ


दाङ, असार २५ ।


जेन्जी आन्दोलनका क्रममा चोरी भएको सरकारी गाडीसहति कैलाली बाट एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको घोडाघोडी नगरपालिका–२ का ३१ बर्षीय अर्जुन कार्की रहेका छन् ।
जेन्जी आन्दोलनको असहज परिस्थितिको मौका छोपी चार / पाँच जनाको युवाको समुहले गत भदौ २५ गते धनगढी उपमहानगरपालिका–४ स्थित सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकाय डिनको कार्यालयको बा २ झ २८५९ नम्बरको सरकारी स्कारपियो जबरजस्ती चोरी लगेका थिए ।
कार्कीले उक्त गाडीमा आफ्नो पुरानो गाडीकै नम्बर प्लेट सु.प.प.०१–००१ च ३६८७ लेखेर ब्यक्तिगत रुपमा चलाउँदै आएका थिए । गोप्य सूराकका आधारमा प्रहरीले असार ८ गते घोडाघोडी नगरपालिका–२ स्थित कार्कीले संचलन गर्दै आएको ‘लिगासैनी सः मिल तथा फर्निचर उद्योग’ बाट नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार नेपाल प्रहरीको बिधि बज्ञान प्रयोग शाला काठमाडौं बाट बिज्ञ प्राबिधिक कैलाली झिकाइएका थिए । उनीहरुले प्राबिधिक चेकजाँच पछि निजी नम्बर प्लेट राखेर स्वरुप परिवर्तन गरि ब्यक्तिगत रुपमा चलाउँदै आएको गाडी डिन कार्यालयको भएको पुष्टि भएको थियो ।
त्यो तथ्य खुलेपछि असार १८ गतेतिर प्रहरीले कार्कीलाई पक्राउ गरेको थियो । अनुसार असार १९ गतेदेखि जिल्ला अदालत बाट म्याद थप भइ कार्की बिरुद्ध चोरी मुद्दामा अनुसन्धान जारी छ ।
डिएसपी तिमिल्सिनाका अनुसार जेन्जी आन्दोलनको असहज परिस्थितिको मौका छोपी गाडी जबरजस्ती उठाएर लैजाने तथा चोरी गर्ने ब्यक्तिहरुको पनि पहिचान भइ सकेको छ । उनीहरु हाल धनगडी भन्दा बाहिर रहेको हुँदा खोजी कार्य जारी छ ।
कार्कीले चोरी ल्याउने ब्यक्तिबाट आँफुले सरकारी गाडी किनेको बताएका छन् ।

प्रकाशित मिति : २०८३ असार २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *