२०८३ असार २७ गते शनिवार

वडा सदस्य बुढाथोले घोराहीका शिक्षा अधिकृत माथि मोबिल खनाएर दुव्र्यवहार गरेको आरोप


तुलसीपुर, असार २७ ।


घोराही उपमहानगरपालिका – १५ का वडा सदस्य लेखनाथ बुढाथोकीले घोराहीका शिक्षा अधिकृत ४८ बर्षीय अजय बोहोरा माथि मोविल खन्याएर दुब्र्यहार गरेको आरोप लागेको छ ।
घोराही –१५ स्थित पद्मोदय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको जारी निर्वाचन गराउन भनेर बिहान सवा ७ बजेतिर रा १ ब १०४२ नम्बरको मोटरसाइकल चढेर गएका घोराही – १६ सर्रा निवासी शिक्षा अधिकृत बोहरालाई घोराही – १५ रतनपुरका वडा सदस्य बुढाथोकीले कालो मोविल हेलमेटबाट खन्याउँदै दुब्यर्बहार गरेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी डा. हेमबहादुर केसीले बताए ।

यद्यपी निर्धारित समय बिहान ९ बजेदेखि बिद्यालय ब्यबस्थापन समितिको नेतृत्व चुन्न निर्वाचन भने सुरु भइ सकेको प्रहरीले जनाएको छ ।
दुब्र्यबहार पछि फरार रहेका वडा सदस्यको खोजीका लागि डिएसपी केसीको नेतृत्वमा १५ सदस्यीय प्रहरी टोली परिचालन भएको छ ।
नेपाली काँग्रेसबाट निर्वाचित वडा सदस्य बुढाथोकीले भने आवश्यक प्रकृति पुरा नगरी कानुन विपरित विद्यालय व्यवस्थापन समितिको चुनाव गराउन खोजिएको भन्दै बिरोध गर्दै आएका थिए ।
निर्वाचन बारे अभिभावकको गणपूरक संख्या पुगेको भेलाबाट निर्णय हुनु पर्ने भएपनि त्यसो नभइ गणपूरक संख्या नपुगेपनि प्रक्रिया मिचेर निर्वाचन गराउन खोजीको प्रति बुढाथोकीले असुन्तुष्टि जनाएका थिए ।
गणपुरुक संख्या नपुगे तीन पटकसम्म अभिभावक भेला आह्वान गर्नुपर्ने कानुनी व्यवस्था छ । निर्वाचन पूर्व ती प्रक्रिया पूरा नगरी मतदान अघि बढाउन खोजिएको भन्दै बुढाथोकीले निर्वाचन रोकिनु पर्ने माग गर्दै आएका थिए । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
बिद्यालय ब्यबस्थापन समितिको नेतृत्वका लागि बिभिन्न दल निकट ब्यक्तिहरु प्रतिष्पर्धामा उत्रिएका छन्। झन्डै साढे २७ सय मतदाताले त्यसका लागि मतदान गर्दै छन् । बिहान ९ बजेदेखि जारी मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको जनाइएको छ ।

प्रकाशित मिति : २०८३ असार २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *