
दाङ, असार २१ ।
डोल्पामा बाढीमा परि गम्भीर घाइते भएकी एक जना महिलाको नेपाली सेनाको हेलिकोप्टर उद्धार गरिएको छ ।
जिल्लाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँकी ४४ वर्षीया रेउली विकलाई नेपाली सेनाको हेलिकप्टरबाट आइतबार दिउँसो उद्धार गरि सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पताल पुर्याइएको छ ।
रेउलीको कम्मर मुनीको भागमा गम्भीर चोट पटक रहेको छ ।
गृहमन्त्रालय संग समन्वय गरि नेपाली सेनाको हेलिकोप्टर मागिएको का लागि पठाइएको जिल्ला प्रहरी प्रमुख डिएसपी अनिलराज गिरीले बताए ।
आइतबार बिहान करिब ३ बजेतिर स्थानीय धुलाखोला बाट आएको लेदोसहितको बाढी घरमा पसेर पुरेपछि सुतिरहेकी स्थानीय ५६ वर्षीया आनन्दी विकको मृत्यु भएको थियो ।
दुर्घटनामा थप अन्य ५ घाइते भने उपचार पछि डिस्चार्ज भइ सकेको प्रहरीले जानकारी दिएको छ ।
हिलोसहितको बाढी गाउँ बस्तिमा पसेपछि एउटा घर पूर्ण रुपमा र अन्य आठ घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । क्षतिको बिवरण संकलन कार्य जारी रहेको प्रहरीले जनाएको छ ।