२०८३ असार २६ गते शुक्रवार

सुनको मूल्य तोलामा २७०० रुपैंयाँले बढ्यो

दाङ, असार २६ ।


सुनको मूल्य तोलामा दुई हजार सात सय रुपैंयाँ बढेको छ । शुक्रबार सुन प्रतितोला दुई हजार सात सय रूपैयाँमा कारोबार भइ रहेको छ । नेपाली बजारमा शुक्रबार सुन प्रतितोला दुई लाख ८७ हजार चार सय रूपैयाँमा कारोबार भइ रहेको छ ।
बिहीबार भने तोलामा दुई हजार चार सय रूपैयाँ सुनको भाउ घटेको थियो । बिहीबार सुन प्रतितोला दुई लाख ८४ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार भन्दा चाँदी शुक्रबार प्रतितोला एक सय ७० रूपैयाँ बढेको छ ।
शुक्रबार चाँदी चार हजार पाँच सय १० रूपैयाँमा कारोबार भइरहेको छ । चाँदी बिहीबार तोलामा चार हजार तीन सय ४० रूपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८३ असार २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *