२०८३ असार २ गते मङ्गलवार

‘इहिरी द हन्टर’ र ‘द रिच्युअल’ असार ५ गतेदेखि प्रदर्शन हुने


तुलसीपुरमा ‘ब्ल्याक सुल्पा’ प्रोडक्सनको टीम

तुलसीपुर, असार २ ।
ब्ल्याक सुल्पा प्रोडक्सन प्रालिले निर्माण गरेको दुई चलचित्र घोराहीको होटेल डोकोको माइक्रो सिनेमामा प्रदर्शन हुने भएका छन् ।
निर्माण पक्षले मंगलबार तुलसीपुरमा पत्रकार सम्मेलन गरि त्यसबारे जानकारी दिएको हो ।
निर्माता तथा निर्देशक विशाल रोका मगरले दुई चलचित्र ‘इहिरी द हन्टर’ र ‘द रिच्युअल’ असार ५ गतेदेखि १२ गतेसम्म प्रदर्शन हुन थालेको बताए । दुवै चलचित्र बेलुका ५ बजेदेखि ७ बजेसम्म दैनिक रुपमा प्रर्दशन गरिने उनले जानकारी दिए ।

मगरको पौरानिक कला, संस्कृति र परम्परामा आधारित यी दुई चलचित्र दाङ र रोल्पामा छायांकन गरिएको निर्माण पक्षले जनाएको छ ।
स्थानीय सिनेमा संस्कृतिलाई मजवुत बनाउने उद्देश्यले स्थानीय विषयवस्तु र स्थानीय स्रोत सामग्रिको प्रयोग गरी दुई चलचित्र निर्माण गरिएको मगरले बताए ।
त्यसक्रममा अशिष्टेन्ट डाइरेक्टर उज्जवल अधिकारी र अभिनेत्री निशा घर्ती मगरले चलचित्र हेरी हौसला प्रदान गर्न आग्रह गरेका थिए । साथै उनीहरुले चलचित्रमा अभिनय गर्न इच्छुक स्थानीय कलाकारलाई समेत अवसर प्रदान गरिने हुँदा सम्पर्क गर्न आग्रह गरे ।
चलचित्र पत्रकार संघ दाङ शाखाकी अध्यक्ष निरला अर्यालले चलचित्रले मनोरन्जन दिनेमात्र नभई समाजको भाषा, कला र संस्कृतिको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको बताइन ।
त्यस्तै नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेतले रितिरिवाज र संस्कारले अनुशासनमा बाँध्ने हुँदा त्यसको अनुशरण आवश्यक रहेको चर्चा गरे ।

संघका प्रमुख सल्लाहकार शरद रेग्मीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सदस्य रुपा थापालेले गरेकी थिइन ।

प्रकाशित मिति : २०८३ असार २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *