दाङ, असार २५ ।

जाजरकोट प्रहरीले बेवारिसे २४ नाल भरुवा बन्दुक बरामद गरेको छ ।
जिल्लामा संचालित बिषेश अपरेशनका क्रममा बिभिन्न पाँच पालिका बाट २४ नाल भरुवा भन्दुक बरामद भएका हुन ।
सर्च अप्रेसनका क्रममा बारेकोट गाउँपालिकाबाट ९ नाल, नलगाड नगरपालिका बाट –७ नाल, कुशे गाउँपालिका बाट ५ नाल , भेरी नगरपालिका बाट २ नाल र शिवालय गाउँपालिका बाट १ नाल गरि कुल २४ वटा भरुवा बन्दुक बरामद भएको जिल्ला प्रबक्ता प्रहरी निरीक्षक सुधिरकुमार खड्काले बताए ।
जिल्लामा शान्ति सुरक्षा कायम गर्न तथा वन्य जन्तु तथा पशु पंक्षीको अवैध शिकार नियन्त्रण गर्न जिल्लामा प्रहरीले बिषेश अपरेशन चलाएको थियो । सोही अप्रेसनका क्रममा प्रहरीले २४ नाल भरुवा बन्दुक बरामद गरेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।
प्रकाशित मिति : २०८३ असार २५ गते बिहिवार