२०८३ असार २५ गते बिहिवार

प्रहरी हिरासतबाट भागेका संजय पक्राउ

दाङ, असार २५ ।


प्रहरी हिरासतबाट भागेका एक जना थुनुवा पक्राउ परेका छन् ।
कैलालीको टिकापुर नगरपालिका – २ राजिपुरका ३१ बर्षीय संजय नगार्ची टिकापुर – ४ अस्नेरीबाट बिहीबार बिहान १० बजेतिर पक्राउ परेका हुन । नगार्ची असार ९ गते खैरो हिरोइन (ब्राउन सुगर) सहित पक्राउ परेका थिए । उनी असार २१ गते मध्यराति पानी माग्ने बहानामा ढोका खोल्न लगाएर प्रहरीलाई झुक्याउँदै नगार्ची भागेका थिए ।
उनी भागेपछि डिउटीमा रहेका प्रहरी जवान लली भण्डारीलाई निलम्बनमा परेका थिए ।
घटनाबारे प्रहरी माथि पनि अनुसन्धान जारी छ ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार उनी से २ प १०४५ नम्बरको मोटरसाइकल चलाएर सीमा क्षेत्र पार गर्ने उदेश्यले भाग्दै गरेको अवस्थामा उनी पक्राउ परेका हुन ।
पक्राउ पछि उनलाई प्रहरी हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : २०८३ असार २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *