साफ यु-१८ महिला च्याम्पियनसिप फुटबलको उपाधि रक्षाको लागि आज नेपालले फाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा स्थानीय समयअनुसार ७ बजे खेल सुरु हुनेछ । नेपाली यु-१८ महिला फुटबल टिम उपाधि जित्ने लक्ष्यको साथ मैदानमा उत्रिदैछ ।
समूह चरणमा भने नेपाल बंगालदेशसँग पराजित भएको थियो । बंगलादेशसँग समूह चरणमा २-१ गोलले हारेको बदला लिँदै उपाधि जित्ने दाउमा नेपाल छ ।
सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो । बंगलादेशले भने आयोजक भुटानलाई ४-० गोलअन्तरले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।
प्रकाशित मिति : २०७५ असोज २१ गते आइतवार