२०८३ जेष्ठ १४ गते बिहिवार

कांग्रेसले कारबाही चलाउँदा गुल्मीका दुई वडाध्यक्ष पद गुमाए

दाङ, जेठ १४ ।
नेपाली कांग्रेसले कारबाही गरेपछि लुम्बिनी प्रदेश अन्तर्गत गुम्लीका दुई जना वडाध्यक्षको पद गुमेको छ ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा कांग्रेस बाट उम्मेदवार बनेर निर्वाचित लुम्बिनी प्रदेश अन्तगर्तको गुल्मी जिल्लाका उनीहरुले पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीमा पार्टी प्रबेश गरेका थिए ।
काँग्रेसको कारबाही पछि अध्यक्ष पद गुमाउनेहरुमा गुल्मीको मुसिकोट नगरपालिका–२ का वडाध्यक्ष रविन्द्र केसी र धुर्कौट गाउँपालिका – ३ का वडाध्यक्ष पदमबहादुर विष्ट रहेका छन् ।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको निर्णय निर्वाचन आयोगलाई जानकारी गराएपछि आयोगले दुवै जनप्रतिनिधिको पद बिहीबारदेखि रिक्त भएको सूचना जारी सार्वजनिक गरेको थियो।

प्रकाशित मिति : २०८३ जेष्ठ १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *