
तुलसीपुर, बैशाख २५ ।
तुलसीपुर उद्योग बाणिज्य संघले शनिबार आफ्नो बार्षिक साधारण सभा गर्ने भएको छ ।
संघका अध्यक्ष विनिल केसी र महासचिव केशवराज केसीले त्यसको जानकारी दिएका छन् ।
शनिबार बिहान ११ बजेपछि तुलसीपुर बजारस्थित वाणिज्य संघको कार्यालयमा संघको ३१औं बार्षिक साधारण सभा सुरु हुने महासचिव केसीले बताए ।
अध्यक्ष विनिल केसीका अनुसार साधारण सभामा प्रमुख अथितिका रुपमा नेपाल उद्योग वाणिज्य महासंघका नव निर्वाचित उपाध्यक्ष कृष्णप्रशाद शर्मा प्रमुख अतिथि र बक्ताका रुपमा आउने छन् । कार्यक्रममा तुलसीपुरका मेयर टीकाराम खड्का बिशिष्ट अतिथि र बक्ताका रुपमा आमन्त्रण गरिएका छन् ।
साधारण सभा आपसमा नयाँ बर्ष २०६३ को शुभकामना आदान प्रदान गर्नुका साथै उद्यमशिलताको बिकास, उद्योग ब्यापारको सबलिकरण र पछिल्लो समय राज्यले अंगिकार गरेको नीति लगाएतका बारेमा छलफल केन्द्रित हुने संघका उपाध्यक्ष देवबहादुर केसीले जानकारी दिए ।