२०८३ जेष्ठ ८ गते शुक्रवार

इप्रका तुलसीपुरको अतिक्रमित जग्गा टोल बिकास संस्थाले आँफै खाली गर्ने


दाङ, जेठ ८ ।
इलाका प्रहरी कार्यालयको नाममा रहेको अतिक्रमित जग्गा १५ दिन भित्र आँफै खाली गर्ने निर्णय यहाँको एउटा टोल बिकास संस्थाले गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका – ५ स्थित हिमाल टोल बिकास संस्थाका अध्यक्ष पर्शाराम वलीको अध्यक्षतामा शुक्रबार बसेको सदस्यहरुको बैठकले इप्रकाको जग्गा अबको १५ दिन भित्रमा आँफै खाली गर्ने सर्वसम्मत रुपमा निर्णय गरेको बैठक पछि जारी सहमति पत्रमा उल्लेख छ ।
निर्णयमा संस्थाका पदाधिकारीसहित ३६ जनाले हस्ताक्षर गरेका छन् । यो निर्णय गराउन वडा सचिव सञ्जय गुप्तासहितका टोलका पदाधिकारीले पनि भूमिमा निर्वाह गरेका थिए ।
इप्रका तुलसीपुरको नाममा दर्ता श्रेस्ता रहेको कार्यालयको उत्तर तर्फको तुलसीपुर – ५ स्थित कित्ता नम्बर २६८३ को १८६२.४६ बर्ग मिटर जग्गाको केही भाग अतिक्रमणमा परेको छ । इप्रका तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीका अनुसार २ कठ्ठा १० धुर क्षेत्रफलको जग्गामा ब्यक्ति बिषेशले घरहरु निर्माण गरि बसोबास गर्दै आएका छन् । यो जग्गा हालको प्रचलित बजार मूल्य अनुसार दुई करोड बढी मूल्यको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *