२०८३ बैशाख २३ गते बुधवार

दाङमा ७ दिनमा १८ साधन र १२ जना फरार प्रतिबादी नियन्त्रण

तुलसीपुुर, बैशाख २३ ।

दाङ प्रहरीले हप्ता दिनको अवधिमा १८ वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।
बैशाख १५ गतेदेखि २१ गतेको अवधिमा २ वटा जेसिबी, ६ वटा टिप्पर र १० वटा ट्याक्टर गरि १८ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ ।
जिल्लाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार उनीहरु माथि आर्थिक जरिवना गर्दा ४ लाख ५२ हजार ४ सय १ रुपैंया राजश्व जम्मा भएको छ ।
सोही अवधिमा प्रहरीले जिल्लामा १२ जना फरार प्रतिबादीहरुलाई पनि पक्राउ गरिएको जनाएको छ । उनीहरुबाट ४ बर्ष ९ महिना १० दिन कैद भुक्तान हुनुका साथै ५ हजार आर्थिक जरिवाना अशुल उपर हुने प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *