२०८३ जेष्ठ ८ गते शुक्रवार

‘१५ दिन भित्र सडक सीमामा निर्मित संरचना हटाउ’


तुलसीपुर , जेठ ८ ।
सडक डिभिजन कार्यालय दाङले सडक सीमा अतिक्रमण गरि निर्मित संरचना १५ दिन भित्रमा हटाउन आग्रह गरेको छ ।
महेन्द्र राजमार्ग, राप्ती राजमार्ग तथा हुलाकी राजमार्ग लगाएत बिभिन्न आठ वटा सडकको संरचना हटाउन सडकले बिहीबार सार्वजनिक रुपमा आग्रह गरेको हो ।
उस्ले १५ दिनको अवधिमा सडकको सीमा भित्र बिभिन्न ब्यक्ति तथा संस्थाहरुले निर्माण गरेका घर, टहरा, पर्खाल आदि आँफै हटाउन निर्देशन गरेको छ ।
सडक अतिक्रमण गरि निर्मित संरचनाले सवारी आवागमनमा बाधा पुग्नुका साथै सडक सुरक्षामा समेत गम्भीर असर पर्ने हुँदा त्यस्ता संरचना १५ दिन भित्र हटाउन भनिएको छ ।
तोकिएको समयमा त्यस्ता संरचना नहटाएमा सडकले आँफै हटाउने र ती हटाउँदा लागेको खर्च सम्बन्धित ब्यक्ति वा संस्थाबाट असुल उपर गरिने पनि चेतावनी दिइएको छ ।
सडकले सार्वजनिक गरेको सूचनामा तलको लिष्टमा हेर्नुहास –

प्रकाशित मिति : २०८३ जेष्ठ ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *