२०७८ बैशाख ३१ गते शुक्रवार

निर्धन उत्थान लघुवित्तद्वारा छात्रवृत्ति प्रदान

तुलसीपुर,चैत २९ । दाङको तुलसीपुरमा रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले छात्रवृत्ति प्रदान गरेको छ ।

संस्थाले शाखामा आवद्ध समूह सदस्यका छोराछोरी मध्ये २०७६ सालको उच्च माध्यमिक परीक्षामा सबैभन्दा उत्कृष्ट अंक ल्याउने परीक्षार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।

डाक्टर हरिहरदेव पन्त स्मृति छात्रवृत्ति अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ खाद्रे निवासी शारदा थापा मगरका छोरा विजय थापा र तुलसीपुर उपमहानगरपालिका–८ अश्वारा निवासी लोककुमारी रोकाकी छोरी सरीता रोकालाई ६ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको हो ।

संस्थामा आवद्ध सदस्यका जेहेन्दार छोराछोरीहरूलाई उत्प्रेरणा र हौसला प्रदान गर्ने उद्देश्यले नेपाल अधिराज्यभर रहेका १ सय ८१ शाखामा उक्त छात्रवृत्ति प्रदान गरिदै आएको तुलसीपुर शाखा प्रबन्धक पिताम्बर पौडेलले जानकारी दिए ।

उनले प्रत्येक शाखामा आवद्ध दुईजना सदस्यका छोराछोरीलाई छात्रवृत्ति उपलव्ध गराउँदै आएको बताए ।

संस्थाले आफ्ना छोराछोरीलाई छात्रवृत्ति स्वरूप रकम उपलब्ध गराएपछि अभिभावकहरू खुशी भएका छन् ।

आफ्ना सदस्यहरूलाई थप सेवा प्रदान गर्ने उद्देश्यले संस्थाले सुत्केरी भत्ता, मृत्यु बिमा र विपद् व्यवस्थापनलगायतका अन्य सेवा सुविधा उपलब्ध गराउँदै आएको छ ।

कार्यक्रममा संस्थाका समूह सदस्य तथा अभिभावक शारदा थापा मगर, लोककुमारी रोका, संस्थाका सहायक नारायण बुढा, केन्द्र परिचालकहरू सीता कुमारी चौधरी, रेश्मा नेपाली लगायतले बोलेका थिए ।

कार्यक्रमको सहजीकरण संस्थाका लेखापाल प्रमोद कुमार कुर्मीले गरेका थिए ।

प्रकाशित मिति : २०७७ चैत्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *