२०८१ बैशाख १४ गते शुक्रवार

थप १ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डौ,चैत २१ । पछिल्लो २४ घण्टामा नेपालमा एक सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

२७ सय २७ जनाको पीसीआर परीक्षण गर्दा एक सय २८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७७ हजार सात सय ६८ पुगेको छ ।

यस्तै एक सय ६१ जना निको भएसँगै कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या दुई लाख ७३ हजार एक सय २३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप एक जनाको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ३२ पुगेको छ ।

अहिले नेपालमा १६ सय १३ जना सक्रिय सङ्क्रमित छन् ।

प्रकाशित मिति : २०७७ चैत्र २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *