२०८१ जेष्ठ १७ गते बिहिवार

मा.वि कालाखोलामा रक्तदान कार्यक्रम सम्पन्न

तुलसीपुर,१३ चैत । तुलसीपुर उपमहानगरपालिका वडा नं .७ मा रहेको मा.वि कालाखोलामा रक्तदान कार्यक्रम भएको छ ।

जूनियर रेडक्रस सर्कल मा.वि कालाखोला तथा रानिघाट युवा क्लब तुलसीपुरको संयुक्त आयोजना एवंम देउराली स्टेशनरी तुलसीपुरको आर्थिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

मावि कालाखोला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलसीपुर ७ का अध्यक्ष टोपबहादुर केसीले बढ्दो कोरोना संक्रमणका कारण देशभर रगत अभाव भइरहेको बेला रक्तदान कार्यक्रम गरेर पुन्यको काम गरेको बताए ।

कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक राजिब ओझाले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर विद्यालयमा रक्तदान कार्यक्रम गरिएको बताए ।

त्यस्तै जूनियर युवा समिति दाङ जिल्ला संयोजक भिमलाल मरासिनीले रगत दान गरेर कमजोर भइन्छ भन्ने मानसिकतालाई सबैले तोड्नु पर्ने बताए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का सदस्य रामबहादुर जिसी,मावि कालाखोला विद्यालय व्यवस्थापन समितिका सदस्य श्यामलाल पोख्रेल लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

रानीघाट युवा क्लबका अध्यक्ष नारायण न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण मा.वि कालाखोलाका शिक्षिका लक्ष्मी न्यौपानेले गरेकी थिइन ।

कार्यक्रममा शिक्षक,विद्यार्थी,समाजसेवी,स्थानिय बुद्धिजिवि लगाएत गरि २४ जनाले रक्तदान गरेका थिए ।

 

प्रकाशित मिति : २०७७ चैत्र १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *