२०८१ जेष्ठ १६ गते बुधवार

बिजौरीको असहाय बाल बिकाशका बालबालिकालाई स्थान्तरण गरिदै

तुलसीपुर, चैत १३ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बिजौरीस्थित ‘असहाय बाल विकाश नेपाल’ मा रहेका सबै बालबालिकालाई स्थान्तरण गरिने भएको छ ।

इप्रका तुलसीपुरका प्रमुख सिंहले असहाय बाल विकाश नेपालका सबै बालबालिकालाई शनिवार नै उद्धार गर्ने गरि सबै तयारी पुरा भइसकेको जानकारी दिए ।

‘हामीले त्यहाँ रहेका सबै बालबालिका संग उनीहरु माथि भएको ब्यबहार बारे सोधपुछ गरि सकिसकेका छौं,’ डिएसपी सिंहले भने ‘ शुक्रवार बिद्यालय छुट्टी भएपछि बालबालिकालाई त्यहाँबाट स्थान्तरण गर्ने तयारी भइसकेको छ ।’

डिएसपी सिंहले उद्धार गरिने बालबालिका मध्य बालिका ६ जना बालिकालाई उद्धार पछि तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा तुलसीपुरमा राखिने भएको छ । असहाय बाल बिकाशमा ७ जना बालिका बस्दै आएका छन् ।

बालात्कारमा परेकी भनेएकी जुम्लाकी १४ बर्षीया बालिकाको भने राप्ती श्वास्थ्य विज्ञान प्रष्ठिानमा उपचार तथा मनोपरामर्ष जारी रहेको जानकारी दिइएको छ ।

असहाय बाल विकाशमा रहेका थप ९ जना बालकलाई भने घोराहीमा स्थान्तरणको तयारी भइरहेको डिएसपी सिंहले जानकारी दिए ।

असहाय बाल विकाश नेपालमा बस्दै आएकी एक जना १४ बर्षीय बालिकाले सोही संस्थाका अध्यक्ष बिष्णु चौधरीले आफुमाथि गत कात्तिकदेखि पटक÷पटक जवरजस्ति बालात्कार गरेको अभियोगसहित जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी छन् ।

अभियुक्त चौधरी भने फरार रहेको र उनको खोजी जारी रहेको प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २०७७ चैत्र १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *