काठमाडौं,फागुन २५ । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ ।
दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।
बैठकमा पार्टी पुनर्गठनको प्रक्रियालगायतका विषयमा छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
प्रकाशित मिति : २०७७ फाल्गुन २५ गते मङ्गलवार