तुलसीपुर,फागुन १ । तुलसीपुर उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व चुन्न शनिवार मतदान भएको छ ।बाणिज्य संघमा एक हजार आठ सय आठ जना ब्यबसायीले नेतृत्व चुन्नका लागि मताधिकार पाएका छन् ।उनीहरुकै मतले आगामी तीन बर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।
तुलसीपुर बजारस्थित संघको कार्यालयमा बिहान ८ बजेर १० मिनेटमा संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतले मतदान गरेका थिए । उनैको पहलमा बिक्रम संवत २०४९ सालमा तुलसीुपर उद्योग बाणिज्य संघ स्थापना भएको हो ।
बस्नेतले मतदान गरेपछि पूर्वअध्यक्षहरु चिरिञ्जिबी रिजाल, उत्तमकुमार श्रेष्ठ, बिमल रिजाल, वर्तमान अध्यक्ष बिरबहादुर रावत (बिरु) लगाएतले मतदान गरेका थिए । ब्यापारीको नेता चुन्न नेपाली काँग्रेसका नेता तथा संविधानसभा सदस्य बुद्धिराम भण्डारीले पनि मतदान गरि सकेका छन् ।
निकै उत्साहाका साथ ब्यबसायीहरु नेतृत्व नयाँ नेतृत्व चुन्नका लागि मतदानमा सरिक भएका छन् । यो खबर तयार पार्दासम्म बिहान साढे ९ बजेसम्म झन्डै साढे तीन सयको हाराहारीमा मत खसि सकेको निर्वाचन संयोजक प्रबिण लम्सालले जानकारी दिए ।
बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मतदानको समय तोकिएको छ । यो निर्वाचनमा नेपाली काँग्रेस समर्थित प्रजातान्त्रिक प्यानलको नेतृत्व पूर्व अध्यक्ष टेकनप्रशाद बस्नेत (हिमाल) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थित बामपन्थी प्यानलको नेतृत्व संघका निबर्चमान बरिष्ठ उपाध्यक्ष रामप्रशाद चालिसेले गरेका छन् ।
त्यो बाहेक महासचिव, कोषाध्यक्ष लगाएतका पदहरुमा स्वतन्त्र उम्मेदवारी पनि परेको छ ।नेपाली काँग्रेसको प्रजातान्त्रिक प्यानलका दूई जना सदस्य भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।
यो पनि पढ़नुहोस्
तुलसीपुर बाणिज्य संघमा १७ पदका लागि ४१ जना भिड्दै
सबै तस्बीर शरद रेग्मी