२०८३ असार २ गते मङ्गलवार

जंगलमा लुकाएका १६ नाल भरुवा बन्दुक बरामद


दाङ, असार २ ।
जंगलमा लुकाइ छिपाइ राखेको अवस्थामा १६ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।
प्यूठानमा मंगरबार बिहान प्रहरी चौकी बड्डाँडा बाट खटिएको प्रहरी टोलीले जिल्लाको सरुमारानी गाउँपालिका – ३ हंसपुरस्थित खड्क सामुदायिक वनमा रुखमुनी लुकाइ छिपाइ राखेको १४ थान भरुवा बन्दुक फेला पारेको थियो ।
त्यसको अघिल्लो दिन प्रहरी चौकी फोप्ली बाट खटिएको प्रहरी टोलीले सोमबार जिल्लाको नौबहनी गाउँपालिका –७ पाताचौर पोखराको ठूला खोलाको नजिकै खोल्सामा लुकाइ छिपाइ राखेको १ नाले भरुवा बन्दुर दुई थान बरामद गरेको थियो ।
जंगलमा बन्दुक फेला परेको बिषयमा थप अनुसन्धान भइ रहेको प्यूठान प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *