२०८२ बैशाख ११ गते बुधवार

तुलसीपुर बाणिज्य संघमा १७ पदका लागि ४१ जना भिड्दै


तुलसीपुर, माघ २८ । तुलसीपुर उद्योग बाणिज्य संघको १७ सदस्य कार्यसमितिका लागि ४१ जनाको बीचमा प्रतिपर्धा हुने भएको छ । निर्बाचन अधिकृत प्रविण लम्सालका अनुसार अध्यक्ष पदमा टेकनप्रशाद बस्नेत र रामप्रशाद चालिसेका बीचमा प्रतिपर्धा हुने भएको छ ।

अनुपकुमार श्रेष्ठ (रामु)ले आफ्नो मनोनयन बुधवार फिर्ता लिएपछि बस्नेत र चालिसेको बीचमा प्रतिपर्धा हुन थालेको हो । त्यसैगरी कोषाध्यक्ष पदमा पनि केशव वलीले आफ्ना् मनोनयन फिर्ता लिएका छन् ।अव कोषाध्यक्ष पदमा देबबहादुर केसी र डिलबहादुर वलीका बीचमा प्रतिपर्धा हुने छ ।

संघको उद्योग उपाध्यक्षमा ललित जंग शाह र यज्ञबहादुर केसी, वाणिज्य उपाध्यक्षमा गोकर्ण गिरी र मिनराज भण्डारी , खुल्ला उपाध्यक्षमा तुलसीराम न्यौंपाने र रुपबहादुर खत्रीका बीचमा प्रतिष्पर्धा हुने भएको छ ।महासचिव पदका लागि हालका सचिब विनिल केसी र केशव केसीका बीचमा प्रपिष्पर्धा हुने भएको छ ।

नेपाली काँग्रेसका नेता केशव आचार्यले विनिल केसीलाई आधिकारीक उम्मेदवार भएको बताएका छन ।पार्टीले दिएको म्यान्डेटअनुसार आफुले उक्त निर्णय गरेको आचार्यले बताएका छन् ।

त्यस्तै सचिव पदमा खुशलराम शर्मा, दुर्गाप्रसाद भण्डारी, सपना बस्नेत र बेदप्रसाद वली चुनावी मैदानमा उत्रिएका छन् । सहकोषाध्यक्षमा हेमेन्द्र खड्का, कमल गौतम, टेकप्रसाद केसी, चुनावी मैदानमा उत्रिएका छन ।

त्यस्तै सदस्य पदका लागि रुपेश शर्मा, दूर्गाबहादुर खड्का, दिपेश भण्डारी, झुपलाल खड्का, चन्द्रबहादुर वली,जनकबहादुर रावत, नविन राई, कोमल डिसी, दुर्गाप्रसाद भुषाल, चक्रप्रकाश नेपाली, डिलाराम बुढाथोकी, पवन केसी र बालकृष्ण डांगी मैदानमा उत्रिएका छन् ।

त्यस्तै महिला सदस्य तर्फ यमकुमारी घिमिरे, नारायणी कुमारी बस्नेत, बव्वी वेगम कवौडिया, गंगा खड्का वली, निर्मला भुसालका बीचमा प्रतिपर्धा हुने भएको छ ।

प्रकाशित मिति : २०७७ माघ २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *