
तुलसीपुर, साउन २५ ।
‘कोरोना भाइरस राजीनामा दे, कोभिड—१९ देश छोड,
कोभिसिल्ड हाइहाई, कोरोनाको वाइवाई,
भेरोशिल हाइहाई, कोरोनाको वाइवाई
जोन्सोन खोप हाइहाई, कोरोनाको वाइवाई’
यी प्लेकार्ड वोकेका सयौं नागरिले तुलसीपुर बजार परिक्रमा गरे । स्वास्थ्य क्लव दाङले आयोजना गरेको थियो त्यो कार्यक्रम ।जुलुशले बजार परिकर्मा गरी जेसिस चोकमा एउटा कोणसभाको आयोजना गर्यो । कोणसभा नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भयो । सवै राजनीतिक दलका पदाधिकारी, विद्यालयका प्राचार्यहरु, विद्यार्थी तथा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको वाक्लो उपस्थीति थियो ।
तर, सहभागिहरु भने सामाजिक दुरी कायम गरेका देखिएन । प्रमुख अथिति बनाइएका थिए, अघिल्लो स्थानीय निर्वाचनमा उपबिजेता नेपाली काँग्रेसका नेता गेहेन्द्र गिरी । विशिष्ठ अतिथि थिए, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, सामाजिक अभियन्ता तथा विकाश विज्ञ नहकुल केसी लगायतका संघीय सांसद तथा प्रदेशसभा सदस्यहरु ।
कति उत्साही थियो कार्यक्रम । कुनै दलिय भेदभाव थिएन । दलिय गालि गलौज थिएन् । प्रमुख अतिथि गेहेन्द्र गिरीले कोणसभालाई संबोधन गर्दै थिए । भने ‘खरिद भएको र अनुदानमा आएको खोप स्टक नराखौं, सवैलाई चांडै खोप लगाऔं । खोप लगाएका नागरिकहरुले पनि सकेसम्म सामाजिक दुरी कायम गरौं, स्वास्थ्यका मापदण्डको पालना गरौं ।’
विशिष्ठ अतिथि रामबहादुर कुरुम्वाङले दाङ जिल्लामा खोपको स्टोरेज क्यापासिटी बढाइएको र सवै जिल्लाबासीलाई पुग्ने गरी खोप पठाउन स्वास्थ्य मन्त्रालय र प्रदेश सरकारलाइ आग्रह गरिएको बताए । विज्ञ तथा सामाजिक अभियन्ता नहकुल केसीले अझैपनि सवै नागरीकलाई देशमा उपलव्ध खोप अप्रयाप्त नभएकाले सत्तापक्ष र प्रतिपक्ष दुवैले खोप ल्याउन कुटनीतिक पहल गर्नुपर्ने तर्क गरे र।
यो सुन्नेहरु तालि पररररर.. बजाए । साउने झरीमा आयोजित कोणसभालाई झरीले पनि छेकेन । चञ्चले उमेरहका बिद्यार्थीपनि धैर्यका साथ अग्रजका कुराहरु सुनेका थिए ।
गोरखा स्कुलका प्राचार्य विजय जिएमले सरकारले स्नातक तहको परीक्षा सञ्चालन गर्न अनुमति दिए जसरिनै वाह्र कक्षाको पनि परीक्षा भौतिक उपस्थितिका बीच गराउन अनुमति दिन आग्रह गरे ।
सम्भव हुन्छ भने वाह्र कक्षाका परीषार्थीलाई अव सकेसम्म चांडै कोरोना भाइरस विरुद्धको खोप लगाएर परीक्षाको व्यवस्था गर्न आग्रह गर्दा समर्थनमा उपस्थित विद्यार्थीको हुटिङ चर्कौ बनेको थियो ।
कोणसभामा सुरक्षाकर्मीको पनि उत्साहजनक सहभागिता थियो । उनीहरुले कोणसभामा सहभागीलाई मास्क लगाउन आग्रह गर्दै निशुल्क रुपमा वितरण गरिरहेका थिए । किनकि, सरकारले यो सातालाई मास्क अभियान सप्ताहका रुपमा मनाइरहेको छ ।
कोणसभाको समापन गर्दै अध्यक्ष घनश्याम पाण्डेले कोरोना भाइरस विरुद्ध लड्नका लागि सवै नगरबासीको हातेमालोको आवस्यकता औंल्याए । उनले कोभिड विरुद्ध लड्न तुलसीपुर उपमहानगरपालिकाले हदैसम्मको प्रयास गर्ने बताए । त्यही सयममा मेरो मोवाइल फोनमा टिङटिङ घन्टी बज्यो, झल्यास्स भएर व्युझिंएं ।
मत विपी चोक स्थित सन्जिवनी एफएमको सोफामा निदाइ रहेको रहेछु । त्यो दिउँसै देखेको मेरो सपना पो रहेछ । त्यो फोन शरद रेग्मीको रहेछ । उनी भन्दै थिए, दाइ– चिया पिउन पार्क क्याफे छिट्टो आउनुस् । के मैले देखेको सपनाले सार्थकता पाउला त ?