बिशाल गुप्ता
तुलसीपुरमा खै सरकारको के सोच छ ?
तरकारि उत्पादक किसानको मात्र के दोश छ
दरखाने दिन गयाे, कठै गयाे तिज पनि
जनतालाइ कष्टैकष्ट नेतालाइ मोज छ ।।
याद राख्नु सरकार जब आउछ क्रान्ति
दिन आए जनताकाे तब हराउछ तिम्राे शान्ति ।।
कठैबरा,आलुको तौल ऋण माथि भार छ
जनताको सरकार जनताकै अत्याचार छ
जुन देशमा सरकार खुशि , जनता दुखि छ
जाग युवाहरु ,अब नेताको के उपचार छ।।
समय छ अझै बद्ल आफुलाइ
नत्र जनताले बद्ल्ने छन तिमिलाइ
तिमिले दिएको कष्ट भन्दा भयानक
आउनेछ रुने कुनैदिन अचानक ।।
प्रकाशित मिति : २०८१ भाद्र २३ गते आइतवार