२०८१ मङ्सिर १९ गते बुधवार

जहाँ झुट बिक्छ


बिक्दैन यहाँ
मकै र भटमास
कोदो र फापर
बरु गल्ली गल्लीमा
यहाँ सहजै बिक्छन
पत्रु खानाहरु

थोरैलाइ मन पर्छ यहाँ
सकारात्मक कुरा र
खोजीका खुराकहरु
बरु बिक्छ यहाँ
लफडा र काण्डहरु
अपबाफ र आँशुहरु

थोरैले हेर्छन यहाँ
किसानका खेत बारी
पसिनाका फसलहरु
बरु बिक्छन् यहाँ
गुण्डाराज र तस्करीका छुरा
भष्टाचार र सुदखोरीका कुरा

बधाइको ओइरो त्यसैलाइ छ
जो मोतिका दाना फल्ने
खेतबारी बन्धक राख्छन्
सपनाको संसार ठान्दै
तल्लोबाटो अमेरिका छिर्छन
डाँडा पारिका बा–आमा
कलिला लालाबाला
खै कसरी छोड्छन्

जस्तो दुष्कर्म गरोस
श्रीमतिका नजरमा
त्यही श्रीमान सद्दे छ
जस्ले हातमा पैंशा थमाउँछ
जहाँ इमान्दारिताको बेहाल छ
सतकर्म र ज्ञान मुर्छित छ

सरकारी अड्डाको बिजोग उस्तै
जहाँ पँहुच र भनसुन चल्छ
टेबुल मुनीबाट जस्ले थमाउँछ
छिटो काम उस्कै हुन्छ
भूँइ मान्छे लाइनमा बस्छ

ती शिक्षकलाई छैन कुनै लाज
जस्लाई आफ्नै छैन विश्वास
आँफु सरकारी स्कूलमा पढाउँछन
तर, सञ्तान बोडिङमा पठाउँछन्
सरकारको काम कहिले जाला घाम
जहाँ यस्तो चिन्तन बोक्नेहरु हाबी छन् ।

प्रकाशित मिति : २०८१ कार्तिक २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *