
हेमन्त वली,
बिश्व समुदाय कोरोना भाइरससंग संघर्ष गरिरहेको यो समयमा पुरानो डायरीको पेज पलल्टाउदा यही शिर्षक मात्रै थियो।जात,राजनीति र बर्ग यी तीन शब्दले पुराना बितेका यादहरु ८ रेक्टरको भुकम्प भन्दा बढिको कम्पन पैदा गरिदियो। सफल हुन नसकेको अधुरो प्रेमको यादहरुले केही समय कोरोना भाइरसलाई समेत मातदिन सफल भयो। प्रेम स्वार्थ रहित हुन्छ । प्रेमले कुनै बिशिष्ट पहिचान खोज्दैन। प्रेममा जातभात, राजनीतिक बिचार धारा,धनि गरिब केही पनि हुन आबश्यक छैन।
प्रेममा केबल दुई मन मिल्न जरुरी छ भन्ने कुरा लेखिएका सेतापानाहरु जलाइदिए हुन्छ । किनकी अहिलेको प्रेमले यो भन्दा बढी स्वार्थ माग गरिरहेको छ। दुनियामा केही उदाहरणिय प्रेम सम्बन्धहरु छ्न । जो पबित्र छन। जसले कुनै स्वार्थ भोग गरेको देखिदैन। तर अधिकांश प्रेम सम्बन्धहरु जातिय समानता, बैचारिक धारातल र बर्गिय समनताको जगमा नै हुँदै आएका छन।हुन सक्छ बिबिध कारणले मानिसहरु सत्यता बाहिर ल्याउन चाहिरहेका छैनन । तर प्रेमनि स्वार्थ गरिएकै छैन। भनिन्छ– नि मैले तिम्रो अनुहार हेरेर प्रेम गरेको होइन।
तर त्यही ब्यक्ती हो जसले प्रेम अस्विकार भयो भने एसिड प्रहार गर्छ । किन ? प्रेममा पहिलो आकर्षण भनेकै सुन्दर अनुहार नै हो। जब त्यो सुन्दर अनुहार आफ्नो हुदैन, तब मानिस त्यो अनुहारमा एसिड प्रहार गर्छन। यदि प्रेम मनदेखि हुन्छ भने पराजय भोग्न किन तयार छैनन, प्रेमिहरु ? प्रेम त्याग पनि त हो। प्रेम समर्पण पनि हो । उदाहरणिय प्रेमकहानी रोमियो जुलियट,लैलामज्नु, मुनामदन जस्तो छन् ।
जसमात्याग समर्पण बलिदान छ । तरअहिलेको प्रेममा?पक्कै पनि छैन।अहिलेको प्रेम आकर्षण मात्रै हो। प्रेम सम्बन्धमा अनाधिकृत रुपमा जन्मिएका बच्चा समेत स्वीकार गर्न सक्दैनन्, प्रेमिहरु । सयौं प्रेमिहरु अदालतको चक्कर काटिरहेका छन।
जन्मिएको बच्चाले वास्तविक बुवाको नाम सुन्न पाउदैन। यहीपीडाले समाज अपराधिकरण तर्फ मोडिएको छ। डायरिको अन्तिमतिर लेखिएको दुई पेज शब्दहरुले बिगतका यादहरु हजारौं गतिको रफ्तारमा मन मस्तिष्क अनियंत्रित बनाइदियो। जीबनमा पहिलो पटक जब उनलाई मेरा नयनहरुले स्पर्श गरे । तब मनमा एउटा अनौठो तरंग पैदा भयो। मलाइ थाहा थिएन त्यो के थियो ? प्रेमवा अरु केही? तर, जे थियो अचम्मको अनुभूति भएको अथियो। उनलाई देखेपछि नै सधै कलेज जान मन लाग्थ्यो। बिहान ५ बजे उठे पुग्थ्यो ,पहिले, तर अब ४ बजे उठ्नुपथ्र्यो । राम्रो र सफा भएर कलेज जान मन लाग्ने ।
सरले सेतो बोर्डमा कालो मार्करले लेखेका शब्दमाध्यान केन्द्रित कहाँ हुन दिन्थ्यो उनको त्यो दिव्य रुपले ? कलेज उपस्थित हुनु त केबल एउटा बाहाना बनेको थियो ।
हंसिलो मुहार,हल्का मोटो जिउडाल,गहुँगोरो अनुहार, अझआखैको छेउमा चोट लागेर बनेको कति सुन्दर आकृति । साच्चिकै उलाई देख्दा मलाइ अरु सबै चिजबस्तु फिक्का लाग्थे । गुलावको फूलपनि । मन न हो ।अनेक कुरा खेलिरन्थे ।को हो उ? कहा ँहो घर? कोही उनको छ कि ? यस्तै …। उनी संग नजिक गएर संवाद गर्ने आँट भने म मा पटक्कै थिएन । लामो समयको प्रयास पछि उनको साथी संग बोल्ने हिम्मत जुटाए। उनको बारेमा सबै सोध्न चाहान्थे । तर पहिलो पटक नाम ठेगाना जान्नपाए काफी लाग्यो । नाम सुन्ने बित्तिकै बिहेको ब्यानरमा उनको र मेरो नाम पानको पातमा संगै लेखिएको सपना सम्म बुन्न थाले छु । मन न हो के सोच्छ सोच्छ ।

हेमन्त वली
अब उनलाई देखेर मात्र बस्न सक्ने अबस्था रहेन। अब उनी संग बोल्न र मनका भाबनाहरु साट्ने चाहाना बढ्यो। उनलाई आफ्नो मनका सबै भाबनाहरु पोख्ने चाहाना तीव्र थिए । तर कसरी ? हिम्मत जुटाएर एकदिन म उनी संग बोले । त्यो दिन ठूलो सफलता हासिल गरे जस्तो भयो । त्यति बेला मलाई हारेको युद्धपनि जितेको जस्तो अनुभूति भयो । मन चंगाथियो । खुसीहरु कावाखाँदै थिए ।
प्रथमबर्षको जाँच नजिक आउँदै थियो । कलेजमा ट्युसन पढ्ने सल्लाह हुनथाल्यो । मलाई ट्युसन पढ्ने आबश्यक्ता अत्यन्तै बढी थियो । किनकी मैले सम्पूर्ण ध्यान उनमै केन्दृत गरेको थिए। तर त्यो भन्दा ठूलो कुरा उनी ट्युसन पढ्छिन या पढ्दिनन ्त्यो बुझ्न ुचाहान्थे म । जब उनले पनि ट्युसन पढ्ने कुरा थाहापाए तब मैले नपढ्ने कुरै थिएन। बिस्तारै ट्युसनमा एकाउन्टका पाठहरु सकिदै थिए। मेरो उनीसंगको सम्बन्धको एकाउन्टपनि क्रमिक अघि बढ्दै थियो। अब हाम्रो सम्बन्ध पानीपुरी संगै खाने सम्म पुग्यो। ट्युसन पढेर घर फर्किदा हामी पानीपुरी खान जान्थ्यौ।
पानीपुरी संधै खान पाए हुन्थ्यो जस्तो लाग्ने । किनकी म त उनको छाँया बन्न चाहान्थे। पानीपुरी खाँदा खुर्सानी बढी भयो भने उनको अनुहार रातोपिरो हुन्थ्यो। सुन्दरता छचल्किरहेको हुन्थ्यो। र म त्यसैभित्र सुटुक्क पौडी खेलिरहेको हुन्थे । एकदिन जब उनले मलाई आफ्नो हातले पानीपुरी खुवाउने प्रयास गरिन तब म पनि त्यत्तिकै रातोपिरो भएको थिए हुँला । जतिबेला मुटुको चालको गति अनियंन्त्रित भएको थियो । उनको हातबाट खाएको पानुपुरीले आज कहिकतै पानीपुरीको ठेला देख्दा त्यहीपल मेरो अगाडि नाच्छ ।
त्यसले कहिले आनन्दित तुल्याउँछ त कहिले दुःखेको घाउमा नुनचुक छर्केको अनुभुती गराउँछ । सायद मेरो भाग्यमा त्यही एउटा पानीपुरी मात्र लेखिएको रहेछ। त्यहीभनेर मन बुझाउँछु । एकदिनको कुरा हो, ट्युसन सकेर घर फरकिदै गर्दा मैले उनलाई ठूलो दुर्घटनाबाट बचाएको थिए। उनको घर टाढा भएको कारणले म कहिलेकाही उनलार्इ बसपार्कसम्म छोड्न जाने गर्थे। त्यसैगरी समय बित्दै थियो । केही समयको अन्तरालपछि उनी म प्रतिनिकै आकर्षित हुनपुगेको महसुस हुन थालेको थियो । उनी मेरो पाखुरामा हात समाएर निर्बाधरुपमा हिड्ने गर्थिन। त्यसलाई सदुपयोग गर्दै मैले केही ढिला नगरी प्रेम प्रस्ताव राख्ने निधो गरे। फोनप्राप्त गरेकै साझ मैले उनलाई प्रेम प्रस्ताव राखे ।
तर उनको जबाफले निकै सकस बनायो। उनीनिकै दोधारे कुरा गरिरहेकी थिइन । उनको आवाजमा केही अप्ठ्याराहरु भएको सहजै अनुमान लाउन सक्थे म। म बुझ्न सकिरहेको थिएन । उनको जबाफ अच्चमको थियो। एकातिर उनीमलाई मायापनि गर्छु भनिरहेको थिइन। अर्कौतर्फ हाम्रो प्रेम सफल नहुने कुरा पनि गरिरहेकी थिइन ।म निकै अन्यौलमा परिरहेको थिए। आखिर के भन्न खोजिरहेकी छिन उनले ?प्रेम गर्छु धेरै,तर हाम्रो प्रेम सफलहुनै सक्दैन ?भन्ने अभिव्यक्तिले झन आश्चर्यमा पा¥यो । उनले त्यो कारण भन्न नचाहादा नचाहादै मेरो लगातारको आग्रहपछि उनी कारण भन्न तयार भाइन। त्यो थियो ‘जात’ । पारिवारिक रहनसहन, राजनीतिक बिचारधारा, बर्गिय असमानता आदि…।
म केहीबोल्न सकिन। ब्याचलर पढिरहेको मान्छेलाई जातभातको लेक्चर के दिनु? म आफै राजनीतिक संगठनमा जोडिएको मान्छेले उनलाई अग्रगामी राजनीतिक बिचारधारा कुन हो ? भनेर के बुझाउनु जस्तो लाग्यो । धनिगरिबको मायाको परिभाषा पनिदिन मनले चाहेन। उनी रोइरहेकी थिइन र भनिरहेकी थिइन पनि । मनमायति धेरै माया हँुदाहुदै पनि म तिम्रो बन्न सक्दिन। म तिमिलार्इ पहिले देखिनै मन पराउथे । तर यहि डरले भन्नै चाहिन।
प्लिज हाम्रो प्रेम सम्बन्ध सफलहुनै सक्दैन । त्यसैले हामी असल र मिल्ने साथीबनौ । तर यो सम्बन्धलाई प्रेममा परिबर्तन नगरौं। मैले उनलाई सम्झाउन सकिन। उदाहरणिय प्रेमका उदाहरण,जातिय छुवाछूतका बारेमा,राजनीतिक बिचारधारा,बर्गिय धरातल आदी कुराहरु । एक्कासी उनका मुखबाट केही शब्दहरू निस्किए। ती झनै भयानक थिए। उनले म संग प्रेमपनि गर्ने बिहे पनि गर्ने रे , तर मैले केही सर्तहरु पूरा गर्नुपर्ने माग राखिन। उनका कुरा सुनेर मलाई सेता कागजमा लेखिएका प्रेमिल पुस्तकहरुमा प्रेम स्वार्थ सर्तरहित हुन्छ भन्ने पुस्तकहरु खोजिखोजी जलाउन मन लाग्यो । तर प्रेममा दिमागले भन्दा बढी दिलले सोच्दो रहेछ। म सर्त सुन्न तयार भए । किनकी म कुनैपनि हालत मा उनलाई गुमाउन चाहादैन थिए । सर्तहरु प्रेम अस्विकार गर्ने कारण भन्दा आश्चर्यका थिए। तीन सर्त यस्ता थिए । मैले तत्काल जागिर गर्नुपर्ने । सवारी साधानमा हिड्नुपर्ने र बिहे गर्दा सम्म आफ्नै घर भएको हुनुपर्ने।
मलाई त्यतिबेला थाहा भयो धनि र गरिब बीचको प्रेमको खाडल । अनि गरिव हुनुको पीडा। केही सकारात्मक सोचाई राखेर मैले यी सर्तहरूपनि पूरा गर्ने प्रतिबद्धता जाहेर गरे। अब मलाई उनको प्रेममा रमाउन भन्दापनि ती तीन सर्तहरु पूरा गर्नुपर्ने बाध्यता थियो। सूरुमै मलाई प्रेमले जिम्मेवारी बनाउन थाल्यो भन्ने लाग्यो । सर्त स्वीकार गरिसकेपछि मात्र उनी मेरो प्रस्तावलाई स्वीकार गरिन।
म प्रेमका साथसाथै सर्त पूरा गर्ने जिम्मेवारी बहन गर्न थाले। त्यसपछि हाम्रो सम्बन्ध प्रगाढ भयो। मैले उनीप्रती आफुलाई सबै ढंगले समर्पित गरिसकेको थिए। मैले निकै छोटो समयमाती सर्तहरु पूरा गर्न सफल रहे। मैले जीबनलाई बुझ्ने तरिका बदलेको होइन। मलाई केही रंगिचंगी आबश्यक्ता थिएन। तर म उनलाइ गुमाउन सक्ने अबस्थामा पनि थिइन। धेरैलाइ पत्याउन नै गाह्रो भएको हुन सक्छ । बास्तबमै प्रेमले मलाई नेपाली समाजमा बर्गिय बिभेदको खाडल देखायो । प्रेममा राजनीतिक बिचारधाराको नयाँ अभ्यासलाई चिर्नुपर्ने परिस्थिति र सर्तसिद्ध प्रेमलाई जित्नैपर्ने बाध्यात्मक परिस्थितिको सामना गर्नुप¥यो । सुरुमा मेरो प्रस्ताव माथि अनौठा अस्विकार र त्यसपछि सर्तसहितको प्रेममा म चुलुम्म डुवेको जो थिए ।
मलाई कहिलेकाँही आफैलाई देखेर अनौठो पनि लाग्थ्यो । मैले भोगेको जीवन । मैले बुझेको संसार । प्रेमप्रतिको मेरो सतही बुझाई र मेरो प्रेम कहानी तालमेल नै नखाने खाले भयो । अनौठौं कुरा मैले सर्त पूरा गरे तरपनि मेरो प्रेम सफल विफल भयो । म अहिलेपनि सोचि रहन्छु, कि , प्रेमके हो ? हाम्रो चेतनास्तर कहाँ छ ?हाम्रो समाजकति चेतनशिल छ ?भन्ने कुराको पुष्टि यति काफि छ ।
अझैपनि जातिय छुवाछुतजस्ता जघन्य अपराधहरु ताजै छन। कानुनमा दुई चार अक्षर लेखिदैमा यो समाप्त भयो भन्नु केबल मुर्खताहो। अहिले उनीत्यही मान्छे संग छिन जो संग उनको सबै मेल खान्छ । जस्तो जात,बर्ग राजनीतिक बिचार सबै सबै ।मैले बिछोडको पीडा त धेरै भोगेको छु, तर त्यो भन्दा ठूलो कुरा अहिलेको प्रेमलाई बुझ्ने अबसर पाएको छु। म प्रेमको पुजारी हँु। म प्रेमलाई कलंकित बनाउन चाहान्न। म आफुले बुझेको प्रेमको परिभाषालाई बदल्नपनि चाहान्न । प्रेम निस्वार्थ हुन्छ। प्रेममाकुनै सर्त सम्झौताहरु हुदैन। प्रेममा जातभात,धर्म,राजनीती,बर्ग केहीपनि हुदैन। प्रेमदुई मनको मेल हो।आज प्रेम बजारमा राखेको बस्तु सरह भएको छ। प्रेमले सकारात्मक ध्वनी पैदा गर्दछ। प्रेमले जागरुकता ल्याउन, हौसला पैदा गर्न, कुनै मान्छेलाई सफल र सबल बनाउन सकारात्मक भूमिका खेल्छ भन्ने मेरो बुझाई छ ।
मलाई विश्वास छ , जातभात र धनसम्पत्तिको पछि कुद्ने तिमि सायद आजमलाई मिस गरिरहेको हुनुपर्छ । आजै नभएपनि भविष्यमा अवस्य तिमि मलाई मिस गर्ने छौं । आजपनि तिम्रा यादहरुले मलाई अचम्म गरि सताई रहेका छन् । नढाँटी भनौ है । आजभोलिका एकान्तबासमा तिम्रा यादहरुले झनै लखेट्न थालेका छन् । कोरोना भाइरसका अनगिन्ति खवरहरुलाई पनि मात गरेका छ्न तिम्रा यादहरुले ।
एकान्तबासमा कोरोनाबाट बच्न स्यानेटाईजर प्रयोग गरिरहेको छु । तर तिम्रा याद भुलाउने कुनै उपाए नै छैन। तिम्रो र मेरो सामाजिक दुरीपनि कायम नै छ। तिमिले म माथि जारी गरेको अनिश्चित कालिन लकडाउनले पनि आफ्नो बार्षिकी पूरा गरे छ । प्रिय, आफ्नो राम्रो ख्याल गर्नु ।