२०८१ असोज २४ गते बिहिवार

म ! म को हुँ ?


भान्सा कोठाबाट आमा ठूलो स्वरले कराउँन थाल्नुहुन्छ, बिहानको ८ बजि सक्यो उठ्न पर्दैन, कति सुत्या, अल्छि, कोरि, फटाह। रातभरी के के गर्दै बस्छ। एकाबिहानै आमाको धोनी कानका जालिमा गुन्जिदिदाँ म बिउँझिन्छु। मोबाईल पनि स्विच अफ पो भएछ मेरो हिजो फिल्म हेर्दा, आमा फेरि जोडले कराउनु हुन्छ डाडाँमाथी घाम लाईसक्यो, बिजयका बा जोतेर आउने बेला भो, सानेका बा बजारबाट दुध बेचेर आइसके, तलाई उठ्न पर्दैन? म भने बिस्तारै हत्तपत्त नगरी उठेर हातमुख धुन थाल्दछु।

आमाको त्यो गाली मैले छिन भरमै भुलिदिन्छु । खान खाईसकेपछि चिसै हात म फेरि आफ्नै कोठामा गएर पल्टन्छु। त्यतिकैमा मेरो मनले आफ्नै मनलाई प्रश्न गर्छु आखिर म यति अल्छी,कोरि,फटाह म ! म को हुँ ?

मलाई नौ महिना आफ्नो कोखमा राखी जन्माउने र स्तनपान गराउने म त्यही बुढी आमाको छोरो मात्रै हुँ त, कि मेरा त्यी कलिला हातहरु समातेर लडबड लडबड गर्ने त्यी मेरा कलिला खुट्टाहरुलाई सहारा दिदैँ उभिन सिकाउने म त्यही बुढो बाबुको छोरा मात्र हुँ?

आखिर म को हुँ ? प्रतिप्रश्नको बाण चलिरह्न्छ।
सत्ययुग, त्रितायुग, द्वापरयुग तत्पश्चात कलियुग, कहाँ पहिले पहेलेको जस्तो भगवानको पुजारी हुन सक्छु र म। कहाँ ब्रह्मचारी भएर बाच्न सक्छु र म। घन्टौंघन्टा कैयन दिन भगवानको उपबासमा पुजा र पुकार गर्दै ध्यानमा लिप्त कहाँ हुन सक्छु र म ? म त कलियुगमा जन्मिएको कलियोगी पो हुँ।

म पहिले पहिलेका जिजुबाजे जस्तो नि भईन, सबैलाई माया र खुसी बाड्दै हिड्ने, आपत बिपतमा सहयोग गर्दै हिडिहाल्ने अनि आफू नखाई अरुलाई खुवाएमा खुसी हुदैँ हिड्ने। पहिले जस्तो नारीलाई कहाँ देवि समान सोच्न सक्छु र म ? भगवान लक्ष्मि, सरस्वती, पार्बती, सीतालाई कहाँ पुज्न सक्छु र म ?

गुरु भक्त आरुणी, रामभक्त हनुमान जस्तो भएर कहाँ बाच्न सक्छु र म ? एउटा जाबो स्त्रीको लागि महाभारत युद्ध र लङ्का धोस्त कहाँ पार्न सक्छु र म? म हिजो जस्तो अरुको प्राण रक्षाका लागि आफ्नो छाती कहाँ थाप्न सक्छु। म हिजो जस्तो महल र राज्य त्यागेर फकिर भई हिड्ने भगवान बुद्ध कहाँ हुन सक्छु। म त कलियुगमा जन्मिएको मान्छे, म कहाँ निस्वार्थ हुन मिल्छ। निस्वार्थ यहाँ को नै छ र ?

मैले मेरो लागि मात्र सोच्नु पर्छ। मैले अरुको कुभलो सोच्नु पर्छ।

म मात्रै अगाडि बढनु पर्छ। मैले मात्रै प्रगती गर्न पर्छ, जताततै मेरो मात्र नाम हुनुपर्छ। सत्ता र राज्यको लागि रक्तपात गर्न नि पछि हट्न हुन्न म । चाकडी गरेरै किन नहोस् आफ्नो काम फत्ते गराइहाल्नु पर्छ।

नारी त मेरो सुख सहेलको लागि मात्र हो, राम्रो जति मेरै हुनु पर्छ। मीठो चिज मैले मात्र खानु पर्छ। राम्रो चिज मैले मात्र लगाउन पर्छ। मेरो फाईदाका लागि रास्ट्र बेचिएनी केही फरक पर्दैन। म नै ठुलो मान्छे हुँ। म मात्रै ठिक हुँ। म नै सर्बमान्य हुँ। म नै कलियुगको राजा हुँ र यहाँ यस्तै चल्छ।

कलियुगको बाहानामा आफुलाई राजा ठान्ने आजको म मानव हो कि दानब प्रतिप्रश्न गर्छु। सुर्य चन्द्रमा र सत्यलाई कसैले लुकाउन सक्दैन। आफ्नो काम पूरा गर्न कहिल्यै अरुमा नर्भर हुनु हुदैन।

जसरी हावाले पहाडलाई हल्लाउँन सक्दैन त्यसरी नै तारिफ या आलोचनाले महान व्यक्तिहरुलाई केही फरक पार्न सक्दैन। घृणाले घृणालाई कहिल्यै समाप्त गर्न सक्दैन। यो एउटा प्राकृतिक सत्य हो कि प्रेमले मात्र घृणालाई पगालेर जित हासिल गर्न सक्छ। संसार दु:खले भरीएको छ, यी दु:खको मुख्य कारण हाम्रा ईच्छाहरु हुन। हामीले हाम्रो इच्छालाई नियन्त्रण गर्नसकेमा दु:ख लाई नाश गर्न सकिन्छ।

जो ब्यक्ति आफ्नो रिसलाई नियन्त्रण गर्न सक्द्छ उसलाई कहिल्यै पनि दु:ख हुदैन। संसारकै बिबेकशिल प्राणी मानव, मानवले नै यी कुराहरु गर्न सक्छ। मानवले मात्र ठिक बेठिक छुट्टाउन सक्छ। मानवले मात्र बिजय प्राप्तिका लागि हजारौं लडाइँ लड्न सक्छ।मानवले मात्र एउटा बलिरहेको दिपले जस्तै हजारौं दियो बाल्न सक्छ।

सत्यको बाटोमा हिड्ने मानिसले केबल दुईवटा गल्ती मात्र गर्न सक्दछ, पहिलो गल्ती भनेको आफ्नो पूरा बाटो निश्चित नगर्नु र दोस्रो गल्ती सत्यको यस बाटोको सुरुवात नै नगर्नु। यस बाटो हिड्दा पैदा हुने डर र संकोच क्षणिक मात्र हो। मानवले मात्र यो कुरा बुच्दछ। बितेका समयका बारेमा ध्यान नदिनुहोस्, भबिस्यको बारेमा नसोच्नुहोस, आफ्नो मनलाई बर्तमान समयमा केन्द्रित गर्नुहोस् किनकी म मानव हुँ र तपाईलाई मानव हुनु छ।

प्रकाशित मिति : २०७६ माघ ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *