२०८३ साउन १३ गते बुधवार

ट्रकको ठक्कर बाट ३ जनाको मृत्यु

दाङ, साउन १३ ।

कपिलवस्तुमा बुधबार बिहान ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको महाराजगञ्ज नगरपालिका–२ गैडहवाका  पैदलयात्री १२ वर्षीय आनन्द कश्यप, साइकल यात्रीहरु महाराजगञ्ज –३ गनौरियाका ४६ वर्षीय विजयकुमार गुप्ता र करिब ७५ वर्षीय भोल्लर कुर्मीको उपचारका क्रममा मृत्यु भएको हो ।

बाँकेको नेपालगञ्जबाट विराटनगरतर्फ जाँदै गरेको ना. ५ ख २३६४ नम्बरको ट्रकले महाराजगञ्ज –२ गैडहवास्थित बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डमा दुई वटा साइकल र एक पैदलयात्रीलाई बिहान साढे ७ बजेतिर एकै साथ ठक्कर दिएको थियो । गम्भीर घाइते तीनै जनाको उपचारका क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त ट्रकले सडक छेउमा पार्किङ गरी राखिएको लु १४ प ५५०५ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ट्रक चालक मोरङको विराटनगर महानगरपालिका–४ का ४२ वर्षीय रोहित राइलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *