२०८३ साउन १३ गते बुधवार

कर्णालीका नयाँ मुख्यमन्त्री शाहीले आज केही मन्त्रीसहित सपथको तयारी

दाङ, साउन १३ ।


कर्णाली प्रदेशका नब नियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार पद तथा गोपनियताको सपथ लिने तयारी गरेका छन् ।
उनले सानो मन्त्रीमण्डलसहित सपथको तयारी गरेका छन् । यद्यपी हालसम्म दुई दलका बीचमा मन्त्रीको टुँगो लागि सकेको छैन ।
नब नियुक्त मुख्यमन्त्री शाही एमालेको समर्थनमा मुख्यमन्त्री बनेको हुँदा मन्त्री छनोटका बारेमा उनीसहित दुई दलका बीचमा तीब्र गृहकार्य जारी रहेको छ ।

नेकपा कर्णाली प्रदेशका सचेतक कृुष्ण जिशीले मन्त्रीको टुँगो लगाउने गरि दुई दलका बीचमा छलफल जारी रहेको बताए ।
उनले मन्त्रालयमा पठाउने मन्त्रीको टुँगो लागि नसकेको तथा छलफल जारी रहेको बताए ।
तर, उनले बुधबार नै मूख्यमन्त्री शाहीले केही मन्त्रीसहित सपथ लिने गरि दुई दलका बीचमा छलफल जारी रहेको बताए ।
त्यस्तै एमालेका प्रमुख सचेतक टेकराज पछाइले एमालेको तर्फबाट ४ जना मन्त्रीका लागि छलफल भइ रहेको बताए ।
मुख्यमन्त्री पाउने दलले ३ वटा पाउनु पर्छ भन्ने दाबी गरि रहेको र आँफुहरुले ४ मन्त्रालय पाउनु पर्ने अडानमा रहेको उनले बताए । कर्णालीमा यसअघि ८ मन्त्रालय थिए र हाल त्यो संख्या घटाएर ६ वटा कायम गरिएको छ । कानुन मन्त्रालय मुख्यमन्त्री मातहत राखिएको छ ।


यो प्रदेशको सबै भन्दा ठूलो दल नेपाली काँग्रेस हो । प्रदेशसभा सचिव डा. अर्जुनकुमार खड्काका अनुसार काँग्रेसका १५ जना प्रदेशसभा सदस्य छन् । एक जना स्वतन्त्र सांसदले पनि काँग्रेसलाई समर्थन गर्दैै आएको हुँदा उनलाई समेत जोडे संख्या १६ पुग्छ । त्यसपछिको ठूलो दल नेकपा हो । उस्का १४ प्रदेशसभा सदस्य छन् । एमालेका सभामुखसहित १० र राप्रपाका एक जना प्रदेशसभा सदस्य छन् ।
कर्णाली प्रदेशसभा ४० सदस्सीय छ । यहाँ प्रत्यक्ष तर्फ निर्वाचित २४ र समानुपातिक १६ जना सांसद छन् ।
प्रदेशसभा सचिव खड्काका अनुसार सरकार गठनका गर्ने बहुमतका लागि २१ सदस्सीय भए पुग्छ । नेकपाका १४ र एमालेका १० को योगफल २४ पुग्ने हुँदा सरकार गठनका लागि यो संख्या प्राप्त छ ।

प्रकाशित मिति : २०८३ साउन १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *