२०८३ साउन १२ गते मङ्गलवार

लुम्बिनी सरकारबाट बाहिरियो कांग्रेस, सरकारलाई दिएको समर्थन फिर्ता

तुलसीपुर, साउन १२ ।


नेपाली कांग्रेस मंगलबार बाट लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । काँग्रेसले सरकारलाई दिएको समर्थनपनि फिर्ताै लिएको छ । एकै साथ पाँच मन्त्रीले सामूहिक राजीनामा बुझाउँदै काँग्रेसले यसअघि एमाले नेता चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन मंगलबारदेखि नै फिर्ता लिएको छ ।


कांग्रेस प्रदेश संसदीय दल सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री आचार्यसमक्ष सामुहिक राजीनामा पेश गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएकी हुन ।
काँग्रेस बाट सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की , उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना र वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवारले सामुहिक राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन ।


केही दिन पहिले मात्रै प्रदेशमा नेकपा (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सहकार्य गरि अघि बढ्ने भन्दै सहमति भएको थियो ।
काँग्रेस बाहिरिए संगै अब यी दुई दलका बीचमा मन्त्रालय बाँडफाँड हुने देखिएको छ ।

प्रकाशित मिति : २०८३ साउन १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *