२०८२ मङ्सिर २२ गते सोमवार

वडा नं. १८ मा फुटबल र कबडी प्रतियोगिता सुरु


कपिल लामिछाने,
विजौरी, जेठ २४ । शहिद पुष्ष, नारायण, कृष्ण स्मृतिको सम्झनामा शुक्रवारबाट सुरु भएको प्रथम वडाकप फुटबल तथा कबडी प्रतियोगीता सुरु भएको छ । बिजौरी क्याम्पस परिसरमा प्रतियोगिताको उद्घाटन गरिएको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ को सहयोग तथा तुलसीपुर उपमहानगरपालिका वडा नं १८ युवा सञ्जालको आयोजनामा जारी प्रतियोगिता जेठ २६ गतेसम्म चल्ने छ ।

उद्घाटन कार्यक्रममा बोल्दै नेकपाका युवा नेता मनोहर बुढाथोकीले युवाहरुमा जोस र जाँगर फैलाउन अहिलेको सरकारले खेलकुदमा ठूलो लगानी गरेको बताए । उलने प्रतियोगिताले राम्रा खेलाडी उत्पादन भइरहेको भन्दै खुसी साटे । यसैबीचले सबै खेलाडीलाई खेलको अनुशासनमा रहेर अनुशासित तरिकाले खेल खेल्न आग्रह गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर १८ का वडा अध्यक्ष माधव वलीले खेललाई मर्यादित र अनुशासित बनाउन सबै खेलाडीले खेलको भावनाले खेल खेल्नु पर्ने बताए । युवाहरु नै देशमा बलिया खम्बा भएकाले खेलको माध्यमबाट वडा नं. १८ को मात्रै नभएर जिल्ला र देशको गरिमा बढाउन राम्रो मेहनत जरुरी रहेको उनले बताए । वडा नं. १८ युवा सञ्जालका अध्यक्ष गणेश खड्काको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको हो ।

प्रकाशित मिति : २०७६ जेष्ठ २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *