२०८३ जेष्ठ २० गते बुधवार

घोराहीकी गरिमा चौधरीलाई १०० मिटर दौडमा स्वर्ण पदक

दाङ, जेठ २० ।
दाङ घोराहीकी गरिमा चौधरीले काठमाडौंमा जारी १०० मिटर दौड प्रतियोगितामा स्वर्ण पदक जितेकी छन् ।

दशरथ रंगशालामा बुधबारदेखि सुरु भएको १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रातर्फ उनले स्वर्ण पदक जितेकी हुन ।
लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै उनले मुलुक भरका सात प्रदेशका अन्य प्रतिष्पर्धीलाई पछाडि पार्दै स्वर्ण पदक जित्न सफल भएकी हुन । चौधरी घोराही उपमहानगरपालिका–१७ निवासी हुन ।
उनी घोराहीस्थित गुरुकुल एकेडेमीमा अध्ययनरत छिन ।

प्रकाशित मिति : २०८३ जेष्ठ २० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *