
दाङ, असार ६ ।
बाँकेमा जंगलमा प्रेमीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
बाँकेको बैजनाथ गाउँपालिका – ५ हिरमनियाका २६ बर्षीय अजय माउत गाउँकै २० बर्षीया प्रेमीका अवसना बानुको हत्या आरोपमा पक्राउ परेका छन् ।
जेठ २८ गते दिउँसो २ बजे बाँकेको चिसा पानीस्थित सामुदायिक वनमा रुखको फेदमा पछाडि बाट दोपट्टाले हात बाँधेको अवस्थामा अवसनाको शब फेला परेको थियो । अबसनाको बिहे कैलालीमा भएको थियो । घटनाको गम्भीर्यता मनन गरि एसपी अंगुर जिसी आँफै घटनास्थल पुग्छन् । घटनास्थल पूर्व पश्चिम राजमार्गदेखि झन्डै पाँच सय मिटर उत्तर र आर्मी ब्यारेकको नजिकै थियो । चर्कौ गर्मीका कारण शब कुहिन थालि सकेको थियो । मुचुल्का तयार पार्ने टोलीले मृतकको कुर्ताको गोजीमा एउटा वालेट (पर्स) फेला पारेको थियो । त्यसमा अजयले पासपोर्ट साइजको तस्बिरहरु फेला परेका थिए ।
अजय भने जेठ २६ गते नै पक्राउ गरिएका थिए ।
अजयकै आग्रहमा अवसना माइती जान्छु भनेर घरबाट बिदा मागेर आएकी थिइन । तर, उनी माइती गएकी थिइनन् । बरु उनले आँफु अपहरणमा परेको भनेर आफन्तलाई खबर गरेकी थिइन । त्यो पनि सबै अजयकै योजनामा भएको थियो । अजय र उनको मायती गाउँ एउटै थियो । उनीहरु प्रर्व प्रेमीपनि हुन ।
अजयले एकै समय आफ्नै गाउँका दुई जना संग प्रेम गरेका थिए । अजयले दुई मध्य २०८२/०६/१५ गते १७ बर्षीया किशोरीलाई भगाएका थिए ।
केही समय पछि किशोरीका घर परिवारले अजयले भगाएकी किशोरी खोसेर ल्याएका थिए । त्यसपछि उनीहरुले अजयका बिरुद्ध २०८२/०८/२८ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा पुगेर ‘अपहरण तथा शरिर बन्धक र जबरजस्ती करणी उद्योग’सम्बन्धि किटानी जाहेरी मुद्दा दर्ता गराएका थिए । अजय त्यस यता गाउँ छोडेर भागेका थिए ।
तर, उनी कोहलपुरमा कोठा भाडामा लिएर बस्दै आएका हाल खुलेको छ ।
अजयले आँफुलाई मुद्दा दायर गर्ने ब्यक्ति र पूर्व प्रेमीको परिवार संग बदला लिन अवसनाको हत्या गरेको खुलेको छ । उनी अवसनाको हत्या गरि त्यो हत्या आँफुले पहिले भगाएकी किशोरी र उनका दाजु मिलेर अवसनाको हत्या गरेको हुन भन्ने देखाउन चाहान्थे । सोही योजना अनुरुप अवसनाले आँफु अपहरणमा परेको माइती पक्षलाई बताएकी थिइन ।
तर, झुट टिक्दैन र सत्य छिप्दैन भने जस्तै भयो । अवसनाको हत्या गरि आँफुलाई मुद्दा हाल्नेहरुलाई जिन्दगी भर जेल कोच्ने उनको कल्पना पुरा भएन । बरु अजयको अपराध प्रहरीले उजार गरि छोड्यो । अवसनाको हत्या उनले गरेको पुष्टि भइ सकेको हुँदा अब उनी आजिवन काराबास बस्ने आंकलन गरिएको छ ।
प्रहरीले हत्याको पुष्टि अजयले एक्लै गरेका थिए भन्ने अन्य प्रमाणहरु पनि फेला परेको जनाएको छ। अजय २६ गते दिउँसो भे ५ प ६१५४ नम्बरको आफ्नै मोटरसाइकलमा राखेर अवसना संगै चिसापानी जंगल क्षेत्रमा गएको प्रमाण प्रहरीले संकलन गरि सकेको छ । आर्मीको चेक पोष्टमा अजयले इन्ट्री गराउँदा दुई जना सवार रहेको देखिएको छ भने उनी केही बेरमा फर्किदा मोटरसाइकलमा एक्लै फर्किएको सिसी टिभी फूटेजपनि प्रहरीले फेला पारेको छ ।
