२०८३ असार ३ गते बुधवार

खोलाले बगाएका दाजुभाइको शब फेला

दाङ, असार ३ ।
प्यूठानमा खहरे खोलाले बगाएका दाजु भाइको शब फेला परेको छ ।
जिल्लाको नौबहिनी गाउँपालिका–५ का ७ वर्षीय बिमल खत्री र १० वर्षीय मिलन खत्रीको शब फेला परेको हो ।
उनीहरु दुबै जना स्थानीय यामबहादुर खत्रीका छोराहरु हुन । दुई नाबालक छोराको एकै साथ खहरे खोलाले बगाउँदा मृत्यु भएपछि खत्री परिवार शोकमा डुबेको छ ।
दुबै दाजु भाइ नौबहिनी गाउँपालिका–५ काँटेस्थित श्री जनता प्राथमिक विद्यालयमा अध्यनरत थिए । मंगलबार दिउँसो तीन बजेतिर बिद्यालय बाट घर फर्किने क्रममा जोगी पनेरा खोलामा आएको बाढीले उनीहरुलाई बगाएको थियो । भाइ बिमल कक्षा १ र दाजु मिलन कक्षा ३ मा अध्यनरत थिए । बगेका सहोदर दाजु भाइ मध्य भाइ बिमलको शव मंलबार बेलुका नै फेला परेको थियो भने दाजु मिलनको शब बुधबार बिहान फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईले बताए ।

प्रकाशित मिति : २०८३ असार ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *