२०८३ असार ६ गते शनिवार

रोल्पाका केसीसहित तीन जना अफिमसहित पक्राउ


दाङ, असार ६ ।
बर्दिया प्रहरीले रोल्पाका एक ब्यक्तिसहित तीन जनालाई आगुऔषध अफिमसहित पक्राउ गरेको छ ।
रोल्पाको गंगादेव गाउँपालिका–६ का ४६ बर्षीय केशरसिंह केसी र जाजरकोटको बारेकोट गाउँपालिका –४ का ४६ बर्षीय यनबहादुर रावत र सोही ठाउँका ४२ बर्षीय लोकेन्द्रबहादुर रोकाया १ केजी ९२६ ग्राम अफिमसहित पक्राउ परेका हुन ।
जिल्लाको गुलरिया नगरपालिका – ८ स्थित एक घरमा अफिमको अबैध कारोबारो भइ रहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरीले उनीहरुलाई बिहीबार राति साढे ९ बजेतिर पक्राउ गरेको बर्दियाका प्रहरी प्रबक्ता डिएपसी रेशम बोहरालले बताए ।प्रहरीले उनीहरुको साथबाट भारतिय रुपैंयाँ आठ हजार तीन सयपनि बारमद गरेको थियो ।

प्रहरीले भे ९ प ६२९६ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकाहरुलाई लागु औषध सम्बन्धि शिर्षकमा मुद्दा चलाउने गरि अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *