आफ्नो मोबाइल फोनको ब्याट्रीको चार्ज नै टिक्दैन भन्ने लगायतका गुनासो धेरै नै गरिरहेकै हुन्छन् । अत्याधुनिक प्रविधि तथा अनगिन्ती फिचरहरु थपिँदै जाँदा मोबाइलको ब्याट्रीको चार्ज धेरै टिक्ने अवस्था हुदैन । जसका कारण मोबाइल जति उच्चस्तरीय भयो ब्याट्री उति नै कम टिक्ने भइदिन्छ । तपाईले चलाउनुभएको मोबाइलमा यी कुरा ध्यान दिनुभयो भने मोबाईलको ब्याट्री धेरै समयसम्म टिकाउन सकिन्छ ।
मितब्यीतता हुनुहोस्
सकेसम्म मोबाइलमा छोटो कुराकानी गर्नुहोस् । यो तरिका तपाईको मोबाइलको ब्याट्रिको आयु स्वास्थ्यका लागि मात्र होइन तपाईको स्वास्थ्यलाई पनि लाभदायक हुन्छ । मोबाइलमा ब्याट्री कम छ र छिटै चार्ज गर्ने सम्भाबना छैन भने म्युजिक प्लेयर, क्यामरा, इन्टरनेट जस्ता अनावश्यक फिचर नचलाउने । व्याकग्राउण्डमा चलिरहेका अनावश्यक एप्सलाई हटाउदा वा बन्द गर्दा पनि ब्याट्री लामो समय सम्म टिक्छ । काम सकिएपछि वाइफाइ, ब्लुटुथ, थ्रि जी, जिपिआरएस लगायत एप्लिकेशन बन्द गर्ने ।
रातभर चार्जिङ नगर्नुहोस
दिनभरी मोबाईल चलाइन्छ । ब्यस्त जिन्दगी भोली विहानै कतै दौडनु पर्ने हुनसक्छ । त्यसैले हामी धेरैले राती सुत्नेबेलामा मोबाईल चार्जमा राखेर सुत्छौ । रातभरी चार्जमा छाड्दिन्छौ । तपाईको यस्तो बानी छ भने आजैबाट छाड्दिनुहोस् । यसले ब्याट्री सबैभन्दा चाँडै बिगार्छ । यसो गर्दा शक्ति निरन्तर ब्याट्रीमा जान्छ र आयु कम हुन्छ जसले गर्दा ब्याट्री नटिक्ने समस्या देखा पर्छ ।
जिपिएस लगातार अन नगर्नुस
ग्लोबल पोजिसनिङ सिस्टम ९जिपिएस० लगातार अन गरेर राख्दा ब्याट्री निकै तातो हुने गर्छ । लगातार अनलाइन रहिरहँदा ब्याट्री डिस्चार्ज हुने गर्छ । यी दुई कारणले ब्याट्रीमा नराम्रो असर पर्छ ।
धेरै भाइब्रेसन मोडमा नराख्नुस
धेरै जसोले मोबाइल लाई साइलेन्समा राख्नका लागि भाइब्रेसन मोडमा लैजान्छन् । लगातार भाइब्रेसनमा राखेर चलाइने फोनको ब्याट्री चाँडै डिस्चार्ज हुने गर्छ । भाइब्रेटरलाई अफ गर्दा र रिङको भोलुम सुन्न सकिने गरी सानो बनाउँदा पनि केही हदसम्म ब्याट्री जोगिन्छ । यदी फोन उठाउनु नपर्ने अवस्था जस्तो सुत्दा, मिटिङमा, गाडीमा रहँदा, फिल्म फोन अफ गर्न वा भाइब्रेटर अफ गरेर राख्नुहोस । ब्याट्रीको आयु कम हुने एक प्रमुख कारण यो पनि हो ।
लाइभ वालपेपर बन्द गर्नुहोस्
तपाईले यदि आफ्नो मोबाइलमा लाइभ वालपेपर राख्नु भएको छ भने त्यसलाई बन्द गर्नुहोस् । लाइभ वालपेपर राम्रो त हुन्छ तर यसले पनि मोबाइल मोबाइलमा ब्राइटनेस कम गर्नुहोस र चाहिएको बेला मात्र बढाउनुहोस । यस्तै मोबाइलको डिस्प्ले ब्याकलाइटलाई कम समयको बनाउने जस्तै ५ देखि १० सेकेन्ड । यसले गर्दा मोबाइलको स्क्रिन नचलेका बेला आँफै चाँडै निभ्छ र ब्याट्री बचाउँछ ।
पटक–पटक चार्जिङ नगर्नुहोस
हामी धेरैको मोबाईल लत भैसकेको छ । लोड्सेडिङको समस्या भनेको बेलामा चार्ज गर्न नपाइने होकी भन्ने चिन्ताले थोरै चार्ज कम हुने बित्तिकै चार्जमा हाल्छौ । यदि तपाईले पनि यस्तो गर्ने गर्नु भएको छ भने सावधान हुनुहोस् । पटक–पटक यस्तो गर्दा ब्याट्री बिग्रदै जान्छ र आयु कम हुन्छ ।