२०८३ असोज २० गते मङ्गलवार

जंगलमा बिद्युत पोलमुनी मृत भेटिए धनबहादुर

दाङ, असोज १९ ।

बाजुराको जंगलमा बिद्युत पोल मुनी एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको बुढीगंगा नगरपालिका – २ परिवनका ४२ बर्षीय धनबहादुर केसी स्थानीय सामुदायिक वन भित्र बिद्युत पोलमुनी मृत अवस्थामा फेला परेको जिल्ला प्रबक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीले बताए ।

आइतबार बेलुकी पख आफन्तले खोज तलास गर्ने क्रममा बुढीगंगा – २ स्थित परिवन सामुदायिक वन भित्र गाडीएको केन्द्रीय लाइन बिस्तारित बिद्युतको पोलबाट करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको अवस्थामा उनी फेला परेका थिए ।

बेलुकी पौने ८ बजेतिर जिल्ला प्रहरी कार्यालय बाजुरामा स्थानीयले टेलिफोन मार्फत केसी जंगलभित्र बिद्युत पोलबाट करेन्ट लागि मृत्यु भएको अवस्थामा फेला परेको बारे जानकारी दिएका थिए ।
मध्यराति प्रहरी घटनास्थल पुगेर घटनास्थलको सुरक्षा गरेको थियो । सोमबार बिहान प्रहरी घटनास्थल पुगेर अनुसन्धान तथा मुचुल्का तयारी पार्ने कार्यमा खटिएको छ ।

घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *