
तुलसीपुर, मंसिर ९ ।
दाङको प्रहरी प्रमुखका रुपमा एसपी श्यामु अर्यालको काज सरुवा भएको छ ।
दाङको प्रहरी प्रमुखका रुपमा एसपी अर्यालको काज सरुवा भएको छ । यउसअघि अर्याल गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, कास्कीमा कार्यरत थिए । त्यहाँबाट अर्यालको काज सरुवा दाङमा भएको हो । ।
अर्यालको दाङमा सरुवा भएपछि यहाँका प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठको नेपाल प्रहरी विशेष सुरक्षा गण, मकवानपुरमा सरुवा भएको छ ।
दाङमा काज सरुवा भइ आउन थालेका एसपी अर्याल बिगतमा इलाका प्रहरी कार्यालय तुलसीपुरको प्रमुख अर्थात डिएसपीको रुपमा कार्यरत थिए । प्रहरी संगठन भित्र मात्रै नभइ समाजमा पनि उनी एक सलर, सालिन र सफल प्रहरी अधिकारीको रुपमा पहिचान बनाएका ब्यक्ति हुन ।
मंगलबार बेलुकी प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले ६० जनाको सरूवा गरेको थियो ।
प्रकाशित मिति : २०८३ मङ्सिर १० गते बुधवार
