२०८३ कार्तिक १२ गते बुधवार

हापुरे बजारको एक कस्मेटिक पलसमा आगलागी , घोराहीबाट दमकल आउँदै


तुलसीपुर , कात्तिक ११ ।


हापुरे बजारस्थित एउटा कस्मेटिक पलसमा आगजनी भएको छ ।
बुधबार बेलुकी बबई गाउँपालिका – ५ स्थित हापुरे बजारमा आगलागी भएपछि सर्वसाधारणले आगो निभाउन हार गुहार गरि रहेका छन् । यद्यपी तुलसीपुर उपमहानरपालिकासहित त्यस पश्चिमका चार पालिका कसैसंगपनि दमलक छैन । पश्चिम दाङका चार पालिका तुलसीपुरमा मात्रै एउटा दमकल थियो ।

त्यो दमकल पनि २०८२ भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा आगो लगाएर ध्वस्त पारिएको थियो । हालसम्म दंगीशरण , शान्तिनगर र बबई गाउँपालिका दमलक बिहिन छन् ।


तुलसीपुर संग भएको एउटा दमकल पनि आगो लगाएर ध्वस्त पारिएपछि पश्चिम दाङका चार पालिका दमकल बिहिन भएका हुन ।
त्यही भएर हापुरेमा लागेको आगो निभाउन तुलसीपुर भन्दा २४ किलोमिटर पूर्व र हापुरे भन्दा झन्डै ४६ किलोमिटर टाढा घोराहीबाट दमलक माग्नु पर्ने अवस्था सृजना भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दमकल अझैं बाटोमै छ । दमकल पुग्न अझैं केही समय लाग्ने हुँदा त्यतिञ्जल पलसमा ठूलो क्षति पुगिसक्ने अवस्था देखिएको छ ।

हापुरेमा खिमबहादुर सोमैले सञ्चालन गरेको गौरी सृङगार पसलमा आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *