२०८३ मङ्सिर १० गते बुधवार

घोराहीका डिएसपी केसीको अभिब्यक्ति प्रति पत्रकार महासंघ दाङ शाखाको आपत्ति


तुलसीपुर, मंसिर ९ ।

नेपाल पत्रकार महासंघ दाङ शाखाले जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक डा.हेमबहादुर केसीको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
डिएसपी केसीले मंसिर ८ गते घोराहीमा आयोजित एक कार्यक्रममा समग्र पत्रकार र पत्रकारिताको मानमर्दन हुने गरि सार्वजनिक रुपमा अभिब्यक्ति दिएको भन्दै महासंघले आपत्ति जनाएको हो ।


कुनै कानुनी प्रक्रिया, उजुरी वा मुद्दा नपरेको अवस्थामा बिना प्रमाण मनोगत ढंगले कसैलाई अपराधी करार गर्ने र सिंगो पत्रकारिता जगतलाई नै आरोपित गर्ने गरी डिएसपीले अभिव्यक्ति दिएको भन्दै महासंघले बुधबार बिज्ञप्ति मार्फत बिरोध जनाएको छ ।
महासंघ दाङ शाखाका सचिव जेएन सागरले जारी गरेको बिज्ञप्तिमा कानुन कार्यान्वयनको जिम्मेवारी सम्हालेका प्रहरी अधिकारीबाटै पत्रकारहरूलाई लान्छित गर्ने गरी सार्वजनिक अभिव्यक्ति आउनु दुःखद र खेदजनक भएको उल्लेख छ ।


सार्वजनिक मञ्चबाट समग्र पत्रकारिता क्षेत्रको हुर्मत लिने तथा आम नागरिकमा पत्रकारिता पेसा प्रति अविश्वास पैदा गर्ने गैर जिम्मेवार अभिव्यक्ति सार्वजनिक रूपमै सच्याउन महासंघले मागपनि गरेको छ । समयमै अभिव्यक्ति सच्याई माफी नमागिए थप कदम चाल्न बाध्य हुने चेतावनी दिइएको छ ।


साथै, प्रहरी संगठनको प्रतिष्ठा जोगाउन, पीडितलाई न्याय दिलाउन र कानुन कार्यान्वयनमा महासंघ सधैँ प्रतिबद्ध रहेको भन्दै बिज्ञप्तिमा कसैले पनि कानुन विपरीत कार्य गरे प्रमाणका आधारमा कानुनी प्रक्रिया अघि बढाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धतापनि जनाइएको छ ।

साथै बुधबार मात्रै केन्द्रको आन्दोलन बमोजिम दाङ शाखाले सामुहिक ग्रिफ्तारी गर भन्ने नारासहित जिल्ला प्रशासनमा धर्ना दिएको थियो । पत्रकार माथि भइ रहेका धरपकटको बिरोध गर्दै महासंघले बिभिन्न चरणका आन्दोलनका कार्यक्रहरु घोषणा गरेको छ ।

प्रकाशित मिति : २०८३ मङ्सिर १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *