धान नकाटन् सुझाव

दाङ , कात्तिक ६ ।
आगामी बिहीबारदेखि आइबारसम्म बर्षाको संभावना औंल्याइएको छ ।
मौसमबिदहरुले यो बीचमा धान नकाट्न किसानलाई सुझाएका छन् । स्थानीय मौसमको विश्लेशन गरी मंगलबार भन्दा अगाडि नै धान भित्याउन संभव भए मात्रै धान काट्न सुझाइएको छ ।
खेतमा नकाटी सकेको धान भए त्यो नकाट्न सुझाव दिइएको छ । झरीले भित्याउने बेलाको धान नास पार्न सक्ने हुँदा मौसमबिदहरुले त्यस्तो सुझाव दिएका हुन ।
मौसम बिदहरुले त्यो बीचमा सकभर हिमाली क्षेत्रको यात्रापनि नगर्न आग्रह गरेका छन् ।
उच्च हिमाली क्षेत्रमा भारी हिमपातको संभावना औंल्याइएको छ । जस्ले गर्दा चिसो बढ्ने हुँदा यात्रामा कठिनाइ उत्पन्न हुन सक्ने सजग गराइएको छ ।
मौसमबिदहरुले बंगालको खाडीमा न्यूनचापीय प्रणाली चक्रवात विकसित हुने क्रम सुरु भएको हुँदा त्यसका प्रभाव नेपालसम्म रहने हुँदा बिहीबारदेखि आइतबारसम्म धेरै ठाउँमा झरीको संभावना औंल्याइएको छ ।
