२०८१ माघ ३ गते बिहिवार

अब एन्ड्रोइड फोनमा गुगल एपका लागि पैसा तिर्नुपर्ने

गुगलको नयाँ निर्णय अनुसार अब एन्डोइड फोन निर्माताहरुले आफ्ना हरेक डिभाइसमा गुगल एपको प्रयोगका लागि शुल्क तिर्नुपर्ने भएको छ । युरोपमा गुगल प्ले स्टोर तथा अन्य मोबाइल एप्सका लागि प्रति डिभाइस ४० डलर तिर्नुपर्नेछ ।

द भर्जका अनुसार हरेक मोबाइल डिभाइसमा गुगल सर्भिस इन्स्टल गर्नका लागि मोबाइल उत्पादकले ४० डलर सम्म शुल्क तिर्नुपर्नेछ ।

देशगत तथा मोबाइल डिभाइसको प्रकारगत रुपमा यस्तो शुल्क फरक पर्नसक्ने र यो नयाँ नियम आगामी सन् २०१९ को फेब्रुअरी १ पछि एक्टिभेट गरिएका डिभाइसमा मात्र लागू हुने बताइएको छ ।

एजेन्सी

प्रकाशित मिति : २०७५ कार्तिक ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *