दाङ,मंसिर ३० । अन्तर्राट्रिय बजारमा सुनको मूल्यमा गिरावट भएसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेकोे छ ।
आज सुन र चाँदीको मूल्यमा गिरावट आएको छ ।
गत शुक्रबारको तुलानामा आज प्रतितोला सुनको मूल्य एक हजार दुई सयले घटेको हो ।
शुक्रबार प्रतितोला एक लाख ५३ हजारमा कारोबार भएको सुन आज बजार खुलेसँगै एक लाख ५० हजार आठ सयमा खरिदबिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला एक हजार आठ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार आठ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रकाशित मिति : २०८१ मङ्सिर ३० गते आइतवार