२०८१ मङ्सिर १९ गते बुधवार

नेप्से २२ अंकले बढ्यो


काठमाडौं,कार्तिक २६ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २२.१४ अंकले् बढेको छ । आज नेप्से ०.८० अंकले बढेर २७६०.२१ विन्दुमा आएको छ ।

११ अर्ब ३१ करोड ५२ लाख ७ हजार रुपैयाँ बराबरको २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता शेयर किनबेच भएको छ ।

१४३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९२ वटा कम्पनीको शेयर मूल्य बढेको छ । ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज बजारमा करिब ५० अंकसम्मको उतारचढाव देखिएको छ । आज नेप्से परिसूचक उच्चतम् २७८२ विन्दु र न्यूनतम २७३४ बिन्दुसम्म पुगेको थियो ।

यस्तै ३०२ कम्पनी कारोबारमा आउँदा १ लाख १३ हजार ९६४ पटक शेयर किनबेच भएको थियो । १० वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २ वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

१३ वटा समूहमध्ये ५ वटा समूह घटेको छ भने ८ वटा समूह बढेको छ । आज सबैभन्दा बढी लघुवित्त समूह ३.२० प्रतिशतले बढेर ५ हजार १९८.१९ विन्दुमा पुगेको छ ।

त्यस्तै, वाणिज्य बैंक १.०४ प्रतिशतले, लगानी १.२८ प्रतिशतले, जीवन बीमा १.६६ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.०१ प्रतिशतले, म्युचुअल फण्ड ०.१५ प्रतिशतले, अन्य समूह ०.२१ प्रतिशतले र ट्रेडिङ समूह ०.७३ प्रतिशतले बढेको छ ।

सोमबार सबैभन्दा बढी फाइनान्स समूह ०.३० प्रतिशतले घटेर ३ हजार ५७३.२२ विन्दुमा पुगेको छ ।

त्यस्तै, विकास बैंक ०.१० प्रतिशतले, होटल एण्ड टुरिजम ०.६३ अंकले ९०.० प्रतिशत, हाइड्रोपावर ०.०५ र निर्जीवन बीमा ०.२२ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *