दाङ, असार ९ ।
सोमबार सुर्खेतबाट पक्राउ परेका पूर्व अर्थ मन्त्री विष्णु पौडेललाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालत काठमाडौंले मंगलबार अनुमति दिएको छ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, न्यायाधीश हेमन्त रावल र न्यायाधीश उमेश कोइरालाको संयुक्त इजलासले ७ दिनको म्याद थपको आदेश दिएको हो । नेकपा एमाले उपाध्यक्षसमेत रहेका पौडेललाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दाको अनुसन्धान गर्न भन्दै पक्राउ गएिको प्रहरीले जनाएको छ ।
सुर्खेतमा पक्राउ पछि उनलाई स्थल मार्ग हुँदै रातारात काठमाडौं पुर्याइएको थियो । उनलाई सात दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ ।
प्रकाशित मिति : २०८३ असार ९ गते मङ्गलवार
