२०८३ असार ८ गते सोमवार

एमाले उपाध्यक्ष बिष्णु पौडेल सुर्खेतबाट पक्राउ


दाङ, असार ९ ।
नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल सुर्खेत बाट पक्राउ परेका छन् ।

कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी जयराज सापकोटाले पूर्व अर्थमन्त्री पौडेल सुर्खेतबाट पक्राउ परेको पुष्टि गरे । उनी सुखेतस्थित शुभ होटलबाट पक्राउ परेका थिए ।
पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि पक्राउ परेका हुन ।
उनी माथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान हुने सक्ने जनाइएको छ ।
थप कुरा प्रहरीले बताएको छैन । उनी सुखेतस्थित शुभ होटलबाट साढे ५ बजेतिर पक्राउ गरिएका थिए ।
पक्राउ परेका पौडेललाई बाँकेको नेपालगंज तर्फ लगिएको छ । त्यहाँ बाट संभव भएसम्म प्लेन मार्फत आजै बेलुकी काठमाडौं लगिने भएको छ ।

प्रकाशित मिति : २०८३ असार ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *