२०८३ असार ९ गते मङ्गलवार

दंगीशरणको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित


तुलसीपुर, असार ९ ।
दंगीशरण गाउँपालिकाको २१औँ गाउँ सभाको पहिलो बैठकले आर्थिक वर्ष २०८३ / ८४ को नीति तथा कार्यक्रम पारित गरेको छ ।
अध्यक्ष शम्भु गिरीले बैठकमा पेश गरेको आगामी वार्षिक बर्षको निति तथा कार्यक्रम पारीत गरेको हो ।

गाउँपालिकाले विद्यालयमा डिजीटल पूर्वाधार विकास, शिक्षण–सिकाइ प्रक्रियामा सुधारका लागि बजेट विनियोजन गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलतामा आबद्ध गराउन विशेष उद्यम कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ।

कृषि क्षेत्रमा बढ्दो समस्याका रूपमा रहेको रासायनिक मल तथा विषादीको अत्यधिक प्रयोगलाई न्यूनीकरण गर्न जैविक मल र जैविक विषादी उत्पादन तथा प्रयोगलाई प्रोत्साहन गर्ने कार्यक्रममा समेटिएको छ।
बैठकमा उपाध्यक्ष पीमा वली खड्काले न्यायीक समिति तथा राजस्व परामर्श समितिको प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।
गाउँपालिकाका प्रवक्ता रमेश भण्डारीको शुभकामना मन्तव्यबाट सुरु भएको गाउँसभाको बैठकमा लेखा समितिका संयोजक रेशमबहादुर वलीले लेखा समितिको प्रगति प्रतिवेदन तथा आय–व्यय अनुमोदन प्रस्ताव पेश गरेका थिए ।
बैठकले गाउँपालिकाको लोगो तथा चिन्ह, विभिन्न समितिका प्रगति प्रतिवेदन र आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो ।

त्यसअवशरमा उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षक तथा कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। शिक्षकतर्फ जनता माध्यमिक विद्यालय बुटनियाका शिक्षक प्रदीप देवकोटा , लक्ष्मीनारायण आधारभूत विद्यालय सलौराका शिक्षक भगन्दास चौधरी सम्मानित भए । स्वास्थ्यतर्फ स्वास्थ्य चौकी हेकुलीमा कार्यरत गायत्री बस्नेत, कर्मचारीतर्फ गाउँपालिकाकी आईटी अधिकृत युवराज रिजाल र कार्यालय सहयोगी रुपन्या चौधरी नगद, प्रमाणपत्रसहित सम्मानित भए ।
गाउँपालिकाले २१औँ गाउँसभाको दोस्रो बैठक बुधबार बिहान ११ बजे बोलाएको छ।

प्रकाशित मिति : २०८३ असार ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *